बागमती प्रदेशसभाको बैठक बस्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

हेटौंडा । बागमती प्रदेशसभाको बैठक बस्दैछ ।

प्रदेश सभा भवन, हेटौंडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०/०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ।

ADVERTISEMENT

सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि ३ दिनका लागि स्थगित गरिएको थियो । उनीहरूको आरोप छ कि बजेट बिभेदकारी छ ।

हिजो पनि २ बजे बोलाइएको बैठक ढिलो गरी ४ बजे सुरू भएको थियो । तर, सो बैठकमा पनि प्रतिपक्षले बिभिन्न माग राखेर नाराबाजी गरे पछि बैठक सोमवार बिहान ११ बजे बोलाइएको हो ।

हिजै एमालेले पत्रकार सम्मेलन गरी ११ बुदेँ माग सार्वजनिक गर्दै सो बिषय बजेटमा समावेश गर्नु पर्ने बिषय उठान गरेको छ । आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार रहे पनि बैठक सुचारू हुनेमा अझै शंका कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज