अवाले बक्सिङ संघको अध्यक्ष निर्वाचित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल बक्सिङ संघको छैटौँ साधारणसभा तथा निर्वाचनले दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङका रजत पदक विजेता राम अवालेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । पोखरामा सम्पन्न साधारणसभाले अवालेको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमितिसमेत सर्वसम्मत चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी, उपाध्यक्षमा भोजराज सिटौला, गणेशबहादुर भट्टराई, सविन भट्टाचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरी, महासचिवमा मानबहादुर भण्डारी, सचिवमा पुष्करराज पन्त तथा कोषाध्यक्षमा गौतम सुजखु रहनुभएको छ ।

ADVERTISEMENT

सदस्यमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङ्तान, रेखा थापा मगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, सञ्जयकुमार पासवान र समरजंगबहादुर चन्द चुनिनुभयो । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *