चितवनको दासढुंगामा बस दुर्घटना, १९ जना घाइते

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

चितवन। चितवनको दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश १-००६ ख ५२३७ नम्बरको बस शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ दासढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ADVERTISEMENT

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । बस रुखमा अड्किएर त्रिशुलीमा खस्नबाट जोगिएको प्रहरीले जनाएको छ । बसमा ४० जना यात्रु सवार थिए ।

तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज