बलात्कार आरोपमा दुईजना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । बर्दिया र उदयपुरमा बलात्कार आरोपमा दुईजना पक्राउ  परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको राजापुर नगरपालिका-४ भिमापुर घर भई गेरुवा गाउँपालिका-५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारूलाई प्रहरीले पक्राउ गरेको   छ ।

थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो ।

ADVERTISEMENT

५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  उदयपुरको चौदण्डीगढी नगरपालिका-६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।

बास्तोलाले ती महिलालाई असार १३ गते सोही नगरपालिका-६ सिरुवानीस्थित जंगलमा च्याउ टिप्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *