काठमाडौं । नारायण अधिकारीले चलचित्र विकास बोर्डअन्तर्गत रहेको चलचित्रकर्मी कल्याणकारी कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । बोर्डको कार्यालयमा बुधबार अधिकारीले एक लाख पाँच हजार रुपैयाँ नगद सहयोग गर्नुभएको हो ।
सहयोग प्रदान गर्दै अधिकारीले आफू नेपाली चलचित्रको शुभचिन्तक रहेको भन्दै नेपाली चलचित्रकर्मीको सहायतास्वरूप कल्याणकारी कोषमा थप सहयोग जुटाउन आफ्नो सक्रियता रहने बताउनुभयो । अधिकारी संयुक्त राज्य अमेरिकामा बस्दै आउनुभएको छ ।






