काठमाडौं । गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वरमा रहेको गीत ‘जंगे पिल्लर’ सार्वजनिक भएको छ । जोसेफ शाही ठकुरीको शब्द रचना एवं संगीत, उदयराज पौडेलको संगीत संयोजन र किशोर थापाको ध्वनि सम्पादन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
राष्ट्रिय अखण्डता र स्वतन्त्रताको भाव समेटिएको गीतको भिडियो ए-वन म्युजिसीयन स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियो सम्पादन र पोष्टर डिजाइन विष्णु खड्काकोे छ ।






