भुटानलाई फाइभ नेसन च्याम्पियनसिपको उपाधि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाललाई सेमिफाइनलमा रोकेको भुटानले फाइभ नेसन च्याम्पियनसिप बास्केटबलको उपाधि जितेको छ । भुटानले बंगलादेशलाई ६२-६० ले पराजित गर्दै उपाधि जितेको हो । त्यसअघि सेमिफाइनलमा भुटानले नेपाललाई अन्तिम सेकेण्डमा ६१-६० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । अर्को सेमिफाइनलमा पाकिस्तानलाई ७९-६५ ले हराउँदै बंगलादेशले फाइनलमा स्थान बनाएको थियो ।

ADVERTISEMENT

भुटानले नेपाललाई प्रतियोगितामा लिग चरण र सेमिफाइनल दुवैमा पराजित गरेको थियो । नेपालले अन्य टोली बंगलादेश, पाकिस्तान र आयोजक माल्दिभ्सलाई लिग चरणमा हराएको थियो । अंक तालिकामा तेस्रो स्थानमा रहेको बंगलादेश र चौथो स्थानमा रहेको भुटानले फाइनल खेलेका थिए । अन्त्यमा भुटान च्याम्पियन बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?