कविता लेखन मात्र नभई वाचन पनि प्रभावकारी हुनुपर्छ : तुलसी दिवस

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

ललितपुर । ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार ललितपुरको झम्सिखेलमा सम्पन्न कार्यक्रममा ‘चिया कविता’ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि विश्व कवि तुलसी दिवसले कविता लेखन मात्र नभई वाचन र प्रकाशन पनि प्रभावकारी ढंगबाट भएमा कविता जीवन्त हुने धारणा राख्नुभयो । उहाँले ताली पाउने लोभमा कविता वाचन गर्नुभन्दा पनि शब्दको प्रयोगमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

ADVERTISEMENT

समारोहमा प्रा डा भरतकुमार भट्टराई, गजल माली ज्ञानुवाकार पौडेल, पूर्व प्राज्ञ लक्ष्मी माली, स्नेह सायमी, नारायण तिवारी, पूर्व प्राज्ञ नन्दु उप्रेती, डा शेखरकुमार श्रेष्ठ, त्रिपूरा पौडेल, लोचन रिजाल, रवीन्द्र आशिष शैली, सन्ध्या जोशी, गीता पन्थ (न्यूयोर्क)लगायतले कविता वाचन गर्नुभएको थियो । ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले १९८औँ शृंखलामा उपस्थित सबैमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?