काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका-१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासी नौ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
कृषि अनुदानका लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता