दलित छात्रवृत्ति लिनेमा गरिव भन्दा धनी अगाडी

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । नीलकण्ठ नगरपालिका धादिङले १४४ जना दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दा मनोमानी ढंगले बितरण गरेको पाईएको छ । मंगलबार एक समारोहबीच नगरपालिकाले कक्षा ११, १२, डिप्लोमा, स्नातक र स्नाकोत्तरमा अध्ययनरत १४४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दा मनोमानी ढंगले बितरण गरेको पाईएको हो ।

नगरपालिकाले बितरण गरेको छात्रवृत्ति लिने विद्यार्थीहरुलाई प्रतिव्यक्ति ६ हजार देखि ८० हजार सम्म छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति लिनेमा वास्तविक गरिब भन्दा धनी अगाडी देखिएको छ । जो बिहान अरुको ज्यालादारी गरेर घरको चुलो बाल्नु पर्ने विद्यार्थीलाई ६ हजार र जो धनी बर्गमा पर्छन् उनिहरुलाई ८० हजार छात्रवृत्ति प्रदान गरिएको छ ।

८० हजार छात्रवृत्ति पाउनेमा एमबीबीएसका विद्यार्थी रेशु विश्वकर्मा र सुनिल सुनार रहेका छन् । जिल्ला समन्वय समिति धादिङका उप प्रमुख कुलमान विश्वकर्माको छोरी रेशु विश्वकर्मालाई ८० हजार छात्रवृत्ति प्रदान गरिएको छ । स्वयम गरिवको सूचीमा नपर्ने कुलमान विश्वकर्मा धादिङबेसीमा पक्की घर भएका एक स्थानीय हुनुहुन्छ । एमालेमा रहँदा जिल्ला कमिटि सदस्य समेत रहनु भएका उहाँ एकीकृत समाजवादीबाट जिल्ला समन्वयको उप प्रमुख हुनुहुन्छ ।

ADVERTISEMENT

उहाँको छोरी रेशुले एमबीबीएस पढ्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा नाम निकाले सँगै नीलकण्ठ नगरपालिकाले ८० हजार दलित छात्रवृत्ति प्रदान गरेको हो । त्यस्तै बीडीएसका विद्यार्थी बाबुराम वि.कले ४० हजार छात्रवृत्ति पाउनुभएको छ भने प्राविधिक धारका विद्यार्थीहरु विष्णु नेपाली, प्रमोद सार्की, राजु विश्वकर्मा, दिनेश रोक्का, रोशन विश्वकर्मा, अनिता परियार, लक्ष्मी नेपाली, निशान विश्वकर्मा, प्रकाश विश्वकर्मा, प्रकाश विश्वकर्मा र सविता सिँजालीले २५ हजार छात्रवृत्ति पाउनुभएको छ ।

छात्रवृत्ति व्यवस्थापन समितिको जेठ २५ गतेको निर्णय अनुसार आर्थिक बर्ष २०७९/०८० को बार्षिक कार्यक्रम अन्तर्गत छात्रवृत्ति वितरण गरिएको नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो । यसरी नगरपालिकाले छात्रवृत्ति बितरण गर्दा पक्षपात गरेपछि वास्तविक दलित विद्यार्थीमा भने निराशपन देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?