काठमाडौं । नेपाल-स्पाई ओभरसिज र बर्मिङघम सिटी युनिभर्सिटी(विसियु)ले नेपाली विद्यार्र्थीका लागि बेलायतमा अध्ययन गर्न पाइने विशेष छात्रवृत्ति अवसरबारे जानकारी गराएका छन् । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा स्नातक, स्नातकोत्तर र मास्टर्स अफ रिसर्चलगायतका विशेष कार्यक्रममा आवेदन दिने अवसरबारे जानकारी दिइएको हो ।
जसमा विद्यार्थीले आफ्ना आश्रितहरूलाई पनि समावेश गर्न सक्ने सुविधा रहेको बताइएको छ । बर्मिङघम सिटी युनिभर्सिटीका भारत तथा नेपालका कन्ट्री हेड सृष्टि बिर्लाले युनिभर्सिटीले विश्वस्तरीय शिक्षा, नवीनतापूर्ण सिकाइ वातावरण र विविधतायुक्त क्याम्पस समुदाय प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विसीयु अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य हो, जसले भविष्य निर्माणमा महत्वपूर्ण योगदान दिन्छ ।’
विद्यार्थीलाई परामर्श दिने र सरल आवेदन प्रक्रियामा सहायता गर्ने स्पाई ओभरसिजले बर्मिङघम सिटी युनिभर्सिटीसँगको सहकार्यबाट थप अवसर उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । स्पाई ओभरसिजका प्रिन्सिपल एडभाइजर सुवांसु उप्रेतीले भन्नुभयो, ‘हाम्रो सहकार्यले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा र छात्रवृत्तिको पहुँच दिन महत्वपूर्ण योगदान पुर्याउँछ ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा