वेदकुमारी न्यौपानेका कृतिहरूको परिचर्चा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । साहित्यकार वेदकुमारी न्यौपानेका कविता र नाट्यकृतिहरूको परिचर्चा गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा काठमाडौंमा भएको एक विशेष कार्यक्रममा साहित्यकार न्यौपानेका कविता र नाट्यकृतिहरूको परिचर्चा गरिएको हो । कार्यक्रममा वक्ताहरूले उहाँको योगदानको प्रशंसा गर्दै साहित्यको इतिहास लेख्नेहरूबाट धेरै साहित्यकारहरू उपेक्षित रहेको उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथि हिरण्यकुमारी पाठकले साहित्यकार न्यौपानेको साहित्यिक यात्राको आफू साक्षी रहेको जानकारी दिँदै भन्नुभयो, ‘बीचमा लामो समयसम्म नदेखिए पनि र चर्चा नभए पनि उहाँ निरन्तर साधनारत रहनुभएको छ ।’

वरिष्ठ समालोचक प्रमोद प्रधानले वेदकुमारी न्यौपानेका कवितामा सरल शब्दमा जीवनका भोगाइ र अनुभूति समेटिएको बताउँदै उहाँका कविताभन्दा गीत र मुक्तक अझ प्रभावकारी भएको धारणा राख्नुभयो । अर्का समालोचक डा.शान्तिमाया गिरीले न्यौपानेका नाट्यकृतिहरूमा सामाजिक विषयवस्तुलाई सरल भाषाशैलीमा प्रस्तुत गरिएको जिकिर गर्नुभयो ।

ADVERTISEMENT

अध्यक्षको आसनबाट साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकालीले काठमाडौं, अमेरिका र अष्ट्रेलियामा बस्दै आउनुभएकी स्रष्टाबाट पाठकले अब डायस्पोरिक लेखनको आशा गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सांसद रेखा यादव, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ र प्रा.डा.गोविन्दमानसिंह कार्कीले साहित्यकार न्यौपानेको लेखनयात्रा प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना दिनुभएको थियो । कार्यक्रममा साहित्यकार युवराज नयाँघरेले स्वागत मन्तव्यमा नेपाली गीति नाटक र गीति कथा लेखनमा गतिशील चरित्र रहेको विचार राख्नुभएको थियो ।

समारोहमा साहित्यकारहरू किशोर पहाडी, शंकर भारती, विनोद नेपाल, विमल भौकाजी, प्रद्यम्न जोशी, मञ्जिला अनिल, कमला रिसाल, सीता विष्ट कार्की, ममता मृदुल, रञ्जना निरौला, तारा सुवेदी, नीता श्रेष्ठ, रेनु भट्टराई, शारदा वाग्ले, सीता न्यौपाने, पुरुषोत्तम न्यौपानेलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?