इबीए र नेसनल युनाइटेडलाई सफलता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । इडेन ब्रिज एकेडेमी (इबीए) र नेसनल युनाइटेडले प्रथम बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेका छन् । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा इबीएले ग्राम शिक्षालाई २४-१७ ले पराजित गर्‍यो । इबीएको जितमा छवि भोटेले १३ अंक योगदान गर्नुभयो । अनित रेगनको सात अंक सहयोगमा नेसनल युनाइटेडले नव ज्ञान भुमिलाई २१-१७ ले हरायो ।

सिनियर ब्वाइजमै युनिभर्सिटीले जुगललाई २४-१९, गोल्डेनपिकले हिमालयन किङडमलाई ४०-३०, गोल्डेनपिकले नै मन्जरीलाई ४९-३८ र टीआईएले साइपाल एकेडेमीलाई २४-२२ ले पाखा लगाउनुभयो । युनिभर्सिटीका रेमन शाक्यले १२, गोल्डेनपिकका सुविन तामाङले १६, गोल्डेनपिककै विजय तामाङले १७ र टीआइएका रोशन नगरकोटीले नौ स्कोर गर्नुभयो ।

ADVERTISEMENT

सिनियर गल्र्समा जुगलले भद्रकालीलाई २१-१७, पृथ्वीले हिमालयन किङडमलाई ३०-२४ र साइपालले इबीएलाई १६-१० ले पन्छाउनुभयो । जुगलकी आशिका जिरेलले ९, पृथ्वीकी बविता घिमिरेले १५ र साइपालकी आयुष्मा पाख्रिनले आठ अंक जोड्नुभयो ।

जुनियर ब्वाइजमा स्किब्सले भ्याली पब्लिकलाई २३-१७ तथा गोल्डेनपिकले हिमालयन किङडमलाई ३०-२१ ले पराजित गर्नुभयो । स्किब्सका प्रवेश भण्डारी गोल्डेनपिकका अमन गुरुङले समान १२-१२ स्कोर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?