सुवासलाई हराउँदै सुमित च्याम्पियन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङलाई एक स्ट्रोकले हराउँदै भारतका सुमित कोटवालले नवौँ संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि जित्नुभएको छ । गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन १-अण्डर ७१ को स्कोरमा सुमितले समग्रमा १३-अण्डर २०३ को नतिजाका साथ उपाधि जित्नुभएको हो ।

पहिलो दिनका लिडर सुवासले २-अण्डर ७० को कार्डसहित समग्रमा १२-अण्डर २०४ सहित मात्र एक स्ट्रोकले पछि पर्दै दोस्रो हुनुभयो । युवा गल्फर सद्भाव आचार्यले दिनकै उत्कृष्ट ३-अण्डर ६९ को स्कोर बनाउनुभयो । समग्रमा १०-अण्डर २०६ सहित तेस्रो हुनुभयो । भारतीय वरूण मुथाप्पाले इभन-पार ७२ मा खेल सक्दा समग्रमा २-अण्डर २१४ सहित चौथो स्थानमा खेल सक्नुभयो ।

ADVERTISEMENT

समग्रमा १-ओभर २१७ सहित भुटानका उगेन दोर्जी र नेपालका टासी छिरिङ संयुक्तरूपमा पाँचौँ हुनुभयो । समग्रमा ३-ओभर २१८ को स्कोरमा नेपालका वाङचेन ढोन्डुप सातौँ हुँदा बंगलादेशका मोहम्मद सुमोन आठौँ हुनुभयो । उहाँले समग्रमा ३-ओभर २१८ स्कोर गर्नुभयो ।
टिममा स्वर्ण जितिसक्नुभएका सुवासले व्यक्तिगततर्फ पनि स्वर्ण जित्ने अपेक्षा गरिएको थियो । सोहीअनुरूप फ्रन्ट नाइन २-अण्डर ३४ मा सक्नुभयो । चौथो, पाँचौँ र छैटौँ होलमा बर्डी प्रहार गर्नुभयो भने सातौँ होलमा एक सट खेर फाल्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *