धनगढी । धनगढीको बेहडाबाबास्थित तालमा डुबेर एक जनाको ज्यान गएको छ ।
मंगलबार बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर-१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको हो ।
मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।






