काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघले आयोजना गरेको ‘विविध साँस्कृतिक कार्यक्रम तथा स्रष्टा सम्मान २०८०’ रा.प्र.पा. अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र लिङ्गदेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । म्युजिक भिडियो निर्देशक निरेन श्रेष्ठको संयोगकत्वमा चलचित्र बिकास बार्डको सभा हलमा सम्पन्न कार्यक्रममा वरिष्ठ म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ ‘मलेकु’लगायत कलाकारलाई सम्मानित गरिएको छ ।
कार्यक्रममा पप गायक दिपेश वैद्य श्रेष्ठ, सेलो गायक निमा पाख्रीन लामा र मोडेल तथा मौलिक थाली नृत्यांगना एलिजिबा पुर्जा पुनलाई मानर्थ सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा सम्मानित हुने कलाकारहरूमा गायिका ज्ञानु राना, गायक घमेश दुलाल, नवराज घोरासैनी, गायक यसकुमार, गायिका जुनु रिजाल, गायक ओम सुनार, गीतकार राजेन्द्र पुरी, सेलो गायिका पल्मु शेर्पा, मोडेल अमन श्रेष्ठ, आर्यन राउत, गणेश राजभण्डारी, गायिका शोभा थापा, गायक रमन रायमाझी, गायक, संगीतकार प्रकाश पुरीलगायत रहनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts