भलिबलमा काठमाडौं र चितवन सफल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

हेटौंडा । काठमाडौं र चितवनले जारी दोस्रो बागमती प्रदेश खेलकुदमा बिहीबार भलिबल प्रतियोगितामा स्वर्ण जितेका छन् । हेटौंडास्थित हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जितेका छन् ।

काठमाडौंले फाइनलमा दोलखालाई २५-५, २५-६ र २५-१२ ले हरायो । चितवनले भने फाइनलमा धादिङमाथि २५-१७, २२-२५, २८-२६ र २५-१८ को जित निकाल्दै पुरुषतर्फ स्वर्ण जित्यो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा भने बेस्ट अफ थ्रीमा भएको थियो । पुरुषमा काठमाडौंले सिन्धुलीलाई २–१ ले र महिलामा चितवनले धादिङलाई दुई-शून्यले हराउँदै कांस्य पदक प्राप्त गर्‍यो ।

ADVERTISEMENT

प्रतियोगितामा पुरुषतर्पm चितवनका नवीन महतो र महिलामा काठमाडौंकी सलिना बुढा मगर उत्कृष्ट खेलाडी हुनुभयो । पुरुषमा चितवनका रमेशचन्द्र विक उत्कृष्ट प्रशिक्षक चयन हुँदा विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा मनोज श्रेष्ठ, सेटरमा चितवनका मञ्जिल गुरुङ, ब्लकरमा चितवनकै सुरेश महतो, लिबेरोमा चितवनका समीर थापा, सर्भरमा धादिङका अमन आले उत्कृष्ट घोषित हुनुभयो । महिलामा भने काठमाडौंका कुमार राई उत्कृष्ट प्रशिक्षक चयन हुनुभयो ।

महिलाको विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा चितवनकी आरती सुवेदी, सेटरमा काठमाडौंका भावना तामाङ, ब्लकरमा काठमाडौंकी सुमित्रा रेग्मी, लिबेरोमा काठमाडौंकी एञ्जिला प्रधान र सर्भरमा काठमाडौंकी निशा महर उत्कृष्ट हुनुभयो । विजेता खेलाडीलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य-सचिव सूर्यलाल भण्डारीले पुरस्कृत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *