ब्युटिसियन नेपालको उपाधि माया गजमेरलाई

Read Time = 3 mins

काठमाडौं । हिमालयन मुभिजद्वारा आयोजित ब्युटिसियन नेपाल २०२३ को उपाधि झापा दमककी माया गजमेरले चुम्नु भएको छ । प्रतियोगितामा फष्ट रनरअपमा शान लिम्बू तथा सेकेण्ड रनरअपमा प्रतिसा कटुवालले आफ्नो उपाधि सुरक्षित गर्नुभयो ।

प्रतियोगितामा सीपसम्बन्धी विविध विद्या तथा अन्य विद्यागततर्फ सबटाइटल वितरण गरिएको थियो । सबटाइटलतर्फ विजेता माया गजमेरले मोष्ट स्मार्ट, फष्ट रनरअप शान लिम्बूले वेष्ट नेल आर्ट र सेकेण्ड रनरअप प्रतिसा कटुवालले मोष्ट चार्मिङका साथै मोष्ट पपुलर अवार्ड जित्नुभयो ।

ADVERTISEMENT

साथै वेष्ट ब्राइडल शान लिम्बू, उषा कुमारी बेष्ट जुरो विनर, सञ्जना कर्माचार्य वेष्ट मेहन्दी आर्ट विनर, गीताञ्जलि गौतम वेष्ट फोटोजेनिक र वेष्ट मोडल मेकअप विनर, मञ्जु आङदेम्वे मोष्ट एट्राक्टिभ, संगम बज्ज्राचार्य मोस्ट कन्फिडेन्ट, मन्जु लिम्बु बेस्ट पर्सनालिटी, उषा रिमाल वेष्ट डिसीप्लीन, सीमा थिङ मोष्ट डिलिजेट, महालक्ष्मी दर्लामी मोष्ट इनर्जेटिक, विमला श्रेष्ठ मोष्ट प्लिजेन्ट र पब्लिक चोइस भिडियो अवार्डतर्फ स्मिता उप्रेती रहनुभएको थियो ।

अवार्ड विजेता कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफी रहेको सो कार्यक्रममा वरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । उहाँलाई विशेष सम्मान प्रदान गरिएको थियो । कस्मेटोलोजिष्ट एवं सौन्दर्यकर्मी डा.रेखा थापा, नायक तथा मोडल प्रज्वल गिरि, ब्युटिसियन नेपाल-२०१९ एवं सौन्दर्यकर्मी हेमा पुनमगर, मिसेस ग्लोबल नेपाल २०२३ लक्की शेर्पा तथा मिसेस हिमालयन नेपाल २०२२ र फेसन डिजाइनरसमेत रहनुभएकी सुशिला तामाङ निर्णायक रहेको कार्यक्रममा स्पार्कल आर्ट एकेडेमीले आर्किषक नृत्य प्रस्तुत गरेको थियो ।
सौन्दर्यकर्मीहरू जहिले पनि पर्दा पछाडि रहेर काम गर्नुपर्छ भन्ने मान्यता परिवर्तन गर्ने एवं सौन्दर्यकर्मीमा निहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?