शरीरमा आफैँले आगो लगाएकी युवतीको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर युवतीले आत्महत्या गरेकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँमा डेरागरी बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठले आफ्नो जिउमा पेट्रोल छर्की आफैँले आगो लगाएकी हुन् ।

ADVERTISEMENT

रामेछापको मन्थली नगरपालिका–६ स्थित भलुवाजोर भएर भएकी शान्ति चन्द्रागिरि नगरपालिका–९ मा डेरामा बस्थिन् । श्रीमानसँग बस्ने शान्तिले शुक्रबार दिउँसो पौने ३ बजे शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।

उपचारको क्रममा शनिबार बिहान ३ बजेर २० मिनेटमा कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । श्रीमान् मोहनकुमार प्यारालाइसिसका बिरामी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज