काठमाडौं । गजल, गीतकार तथा कवि शीतल कादम्बिनीको रचना रहेको गीत ‘पिरतीको हवाईजहाज’ सार्वजनिक भएको छ । तारावीर पाण्डेको स्वर, साहस शाक्यको संगीत र चन्द्र चौधरीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सिर्जन बरालको निर्देशन रहेको गीतको भिडियोमा दिनेश कठायत र समीक्षा पोखरेललाई फिचरिङ गरिएको छ । गीतको भिडियो शीतल कादम्बिनी युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।






