महोत्तरी । राष्ट्रिय वन क्षेत्रभित्र वन्यजन्तुको सिकार गरिरहेका ३ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार बेलुका बर्दिबास नगरपालिका-११ स्थित ३ किलोमीटर उत्तरतर्फ बनपथ राष्ट्रिय वन क्षेत्रभित्रवाट उनिहरु हतियारसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा सर्लाही इश्वरपुर नगरपालिका वडा न.१२ बस्ने ३५ बर्षिय लाल बहादुर भोलन, ३० बर्षिय प्रेम बहादुर भोलन र ३८ बर्षिय अमिर स्याङतान छन ।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र खयरमारा प्रहरी चौकीवाट खटिएको प्रहरीले २ थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।
तिनै जनालाइ हिरासतमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा