दैलेख । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।
सोमबार राति चट्याङ लाग्दा डुंगेश्वर गाउँपालिका-२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
उहाँहरू घरभित्रै सुतिरहेका बेला चट्याङ लागेको थियो । घाइते भएकाहरूको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उहाँहरूलाई राति नै एम्बुलेन्समार्फत दैलेख अस्पताल पुर्याइएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता