५६ वर्षमा ‘धक धक गर्ल’ माधुरी

Read Time = 1 min

मुम्बई । बलिउड अभिनेत्री माधुरी दीक्षित ५६ वर्षमा प्रवेश गर्नुभएको छ । १५, माधुरीको ५६औं जन्मदिन हो । जन्मदिनका अवसरमा माधुसरीलाई बधाईको ओइरो आइरहेको छ ।

सन् १९८४ मा चलचित्रबाट करियर सुरु गर्नुभएकी उहाँ करोडौंको मनमा राज गर्न सफल हुनुहुन्छ । माधुरीले करोडौंको मन यति धेरै छुनुभयो कि उहाँको नाम नै ‘धक धक गर्ल’ भयो ।

ADVERTISEMENT

माधुरीले सलमान खान, अनिल कपुर, शाहरूख खानजस्ता ठूला स्टारसँग अभिनय गरेका हिट चलचित्रलाई आज पनि निकै मन पराइन्छ । आफ्नो अभिनयका साथसाथै उहाँले आफ्नो बढ्दो उमेरमा पनि आफ्नो फेसन सेन्सले मानिसको मन जित्न सफल हुनुहुन्छ । ५० वर्षको उमेर पार गरे पनि उहाँ स्टाइल आइकन बन्नुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *