दार्चुला । दार्चुलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका-३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्दाजी ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते हुनुभएको छ ।
घाइते मीना र नरेश आमा छोरा हुनुहुन्छ । सोमबार साँझ खेतमा काम गरिरहेका बेला उहाँहरूलाई चट्याङ लागेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts