भारततर्फ मदिरा तस्करी गर्ने दुईजना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

जलेश्वर । भारतको विहारमा मदिरा प्रतिबन्ध रहेको अवस्थामा महोत्तरीको मनरासिश्वा नगरपालिकाबाट भारततर्फ मदिरा तस्करी गर्न लागिएको अवस्थामा गएराति प्रहरीले दुई जनासहित चार मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मनरासिश्वा-१० स्थित नेपाल-भारत सीमा नजिकै भारतीय नम्बरका चार मोटरसाइकलको पछाडि ११ कार्टुन मदिरा बाँधेर नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

ADVERTISEMENT

सोही क्रममा दुई जना प्रहरीलाई देखेर मोटरसाइकल र मदिरा छाडेर भाग्न सफल भएका थिए । बीआर ०३ के ५४३३, बीआर ३०भी ८०९५, बीआर ०६ एडब्लु ८९१७ र बीआर ३० आर ०४३४ नम्बरका मोटरसाइकल र मदिरासहित नियन्त्रणमा लिइएको हो । बरामद मोटरसाइकल र मदिरा रु तीन लाख २९ हजार नौ सय बराबरको रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिसहित मोटरसाइकल र मदिरा आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?