ज्योति साहित्य प्रतिष्ठानद्वारा बुद्ध जयन्तीको अवसरमा कविता वाचन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानद्वारा बुद्ध जयन्तीको अवसरमा कविता वाचन गरिएको छ । कविता यात्राको १९३औं शृंख्लामा कविहरूलाई आमन्त्रण गरी ज्योति साहित्य प्रतिष्ठानले बुद्ध जयन्तीको अवसरमा कविता वाचन गरेको हो । ललितपुरको ग्वार्कोस्थित सेराजेम थेरापी सेण्टरको प्रायोजनमा विभिन्न कविको उपस्थितिमा प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

शिखर कवि शैलेन्द्र साकारको प्रमुख अतिथ्यता र गजल माली ज्ञानुवाकर पौडेलको विशिष्ट अतिथ्यता एवं विशिष्ट कविहरू नारायण तिवारी, महेशराज खरेल, विजय हितान, त्रिपुरा पौडेलले आ-आफ्ना सिर्जना वाचन गरी थेरापीको माध्यमद्वारा स्वास्थ्य लाभ गर्न आएका युवादेखि बुढाबुढीसम्मलाई मख्ख पार्नुभएको थियो ।

ADVERTISEMENT

सोही अवसरमा ब्रिटेनबाट आएका साहित्यकार विजय हितानले ज्योति साहित्य प्रतिष्ठानलाई आफ्नो कथासंग्रह ‘ब्लु प्लानेट’ प्रदान गर्नुभएको थियो । अतिथि कविहरू राजेश्वरी काफ्ले (लालबन्दी), असिम सागर, लक्ष्मी दास मुस्कान, बिमुन्स पौडेल, जुमन किरण, विनोद खत्री आकाश, द्वारिका कुइँकेल, सुधा मिश्र, सुष्मिता श्रेष्ठ, प्रषिशा उपाध्याय बरालले गीत, गजल, मुक्तकका साथै कविता वाचन गरी उपस्थित सबैलाई स्वास्थ्य लाभ प्राप्त गर्न सहयोग गर्नुभयो ।

सेराजेम थेरापी सेन्टरमा सोही अवसरमा साहित्यकार विजय हितान, असिम सागर, द्वारिका कुइँकेल, पौडेल बिमुन्स र मणिराज सिंहले १५ देखि ३० मिनेट उक्त सेन्टरमा थेरापी गरी स्वास्थ्य लाभ पनि प्राप्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?