अभिषेक र अभिलाषालाई टेनिस उपाधि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । अभिषेक बास्तोला र अभिलाषा विष्टले नवौँं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको उपाधि जित्नुभएको छ । पुरुषको एकल विधामा अभिषेक र महिलामा अभिलाषा च्याम्पियन बन्नुभएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुष फाइनल खेलमा अभिषेकले ऋतिक राणालाई छ-शून्य र छ-एकको सोझो सेटमा सहजै पराजित गर्दै च्याम्पियन बन्नुभयो । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा राष्ट्रिय च्याम्पियन अभिलाषाले माहिका राणालाई सिधा सेटमा छ-चार र छ-चारले हराउनुभयो । पुरुष/महिला दुवैमा पहिलो हुनेले जनही ५० हजार र दोस्रो हुने खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनुभयो ।

यसैगरी भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले फाइनलमा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीलाई पराजित गर्दै पहिलो हुनुभयो । ५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडी च्याम्पियन बन्नुभयो । उक्त जोडीले फाइनलमा कमल थापा र छ्याम्बा डुन्डुपको जोडीमाथि छ-शून्य र छ-दुईको सहज जित दर्ता गर्‍यो ।

ADVERTISEMENT

भेट्रान ५५ वर्षमाथि पुरुष एकल विधामा जीवन घिमिरे शीर्ष स्थानमा रहनुभयो । जीवनले फाइनलमा जित प्रधानलाई छ-दुई र छ-तीनले हराउनुभयो । ४५ वर्षमाथि पुरुष एकलको स्वर्ण भिडन्तमा महेश श्रेष्ठले बाजी मार्नुभयो । उहाँले फाइनलमा रोहित सुनुवारलाई छ-चार, चार-छ र १०-पाँचले पन्छाउनुभयो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का (राखेप) सदस्य-सचिव टंकलाल घिसिङ, सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, नेपाल टेनिस संघका महासचिवसमेत रहनुभएको आयोजक काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो । यही वैशाख १२ गतेदेखि सुरु भएको प्रतियोगितामा १५२ खेलाडी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *