बालकविता : थुम्कीमुनि घट्ट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

✍️ सर्वानन्दा सरस्वती

थुम्कीमुनि घट्ट थियो त्यो घट्ट त हरायो
मानिसले त गुन्द्रुक ढिँडो खानै डरायो ।

पिठो पिध्न त्यो घट्टमा कति कति धाइयो
गहुँ, मकै, कोदाको रोटी कति कति खाइयो
न त घट्टाँ कुलो छ न छ घट्ट नै त्यहाँ
भन साथी ! पिठो पिध्ने घट्ट गयो कहाँ ?

घट्टमा त अन्न हाल्ने सोली नै छैन नि
पानी जाने कुलोरूपी खोली पो छैन नि
किसानले गाई-बाख्रा त पाल्नै छोडे नि
खेतीमा गोबर मल त हाल्नै छोडे नि

ADVERTISEMENT

आयातित अन्नले देश हाम्रो भरियो
खान छोडी ढिँडो, रोटी नक्कल गरियो
गाउँघरका घटेरोको गाँसै खोसियो
कमसल अन्न भित्र्याई अन्तै पोसियो

गाउँका खोला शिर बेंसी घट्ट हरायो
खाँदा अन्न आयातित रोगले सतायो
चलन त हराए छ नि घट्ट जाने हैँ
बिजुलीको मिल आयो गाउँघरमा नै ।

गाउँका यी प्रविधित सम्पत्ति हो हाम्रो
संरक्षण गर्नुपर्ने दायित्व हो हाम्रो ।

मेलम्ची २, सिन्धुपाल्चोक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *