‘कल्पनम् सत्यतात्’ फेसन शो

Read Time = 5 mins

काठमाडौं । काठमाडौंमा ‘कल्पनम् सत्यतात्’ फेसन शो सम्पन्न भएको छ । नमुना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्ट शीर्षकअन्तर्गतको फेसन डिजाइनिङसम्बन्धी स्नातक तहको अन्तिम परीक्षाको रूपमा ‘कल्पनम् सत्यतात्’ शीर्षकअन्तर्गत उक्त फेसन शो सम्पन्न भएको हो ।
नमुना कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरसहित इन्द्रधनुषी अवधारणाका सुन्दर पहिरनमा सजिएका मोडलको रनवेमा सहभागी भएसँगै शुभारम्भ भएको फेसन शोमा विभिन्न १० कलेक्सनअन्तर्गत ८३ रेगुलर तथा नौ क्रिएटिभ डिजाइनका पहिरन प्रस्तुत गरिएको थियो ।

सहभागीले क्रिएटिभ डेझेसको प्रस्तुतीकरणमा फरक स्वाद अनुभव गरेका थिए । कार्यक्रमको क्रिएटिभ वेयरको प्रस्तुतिमा र्‍याम्पको एउटा निर्देशित स्थानमा मोडल उभिनेबित्तिकै सो स्थानलाई रिभल्भिङ संयन्त्रको प्रयोगबाट आफैँ निर्देशित गतिमा गोलाकार रूपमा घुम्ने गरी व्यवस्था गरिएको थियो । यो दृष्य निकै रोमाञ्चपूर्ण थियो । क्रिएटिभ डेझेस पहिरिएका मोडलकै हुबहु पहिरन शैलीमा करिब तीन फिट अग्लो पुतली पनि रनवेमा प्रस्तुत गरिएको थियो । जुन दृष्य नेपाली फेसन रनवेमा देखिएको फरक स्वाद थियो ।

करिब तीन घण्टासम्मको कल्पनम् सत्यतात्को यात्रामा कृष्टलाइनमा आधारित द स्पार्कलिङ् सोयर, फेम फाटलमा आधारित डार्कनेस रिभ्याम्प, अरोराको अवधारणमा मिस्टिक इपिफानी, गिल्डेड ग्ल्यामरको प्रस्तुतिमा राजमटाज, किनसुकी आर्टमा आधारित आर्टष्ट्री अफ एड्भर्सिटीका पहिरन अनेकौं स्वरूप साक्षात्कार गराइएको थियो । ब्ल्याक स्वानको अवधारणामा क्रिप अन् डार्क, ग्राफिटीमा आधारित ग्रिफोनेज्, ग्लो इन डार्कमा केन्द्रित नियन परेड तथा एक्लेटिक अवधारणामा एसिन्ट्रिक एज् कलेक्सन प्रस्तुत गरिएको थियो ।

ADVERTISEMENT

२७ जना युवती मोडल र ६ जना युवा मोडलको प्रस्तुतिमा फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १७औं ब्याचका ८३ विद्यार्थी डिजाइनरको आयोजन, व्यवस्थापन तथा प्रस्तुतिको समग्र जिम्मेवारीमा सम्पन्न भएको थियो । सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी र निर्देशनमा सम्पन्न कार्यक्रममा नमुना कलेजद्वारा प्रकाशित फेसन क्याटलग दोस्रो संस्करणको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा.यादवराज कोइराला र नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरद्वारा संयुक्त रूपमा विमोचन गरिएको थियो ।

सिर्जनशीलता र कल्पनाशीलमा निखारिएका अनुपम एवं उत्कृष्ट फेसन शैली पदार्पण भएको नमुना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्ट शीर्षकअन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परीक्षाको रूपमा कल्पनम् सत्यतात् शीर्षकअन्तर्गत उक्त फेसन शोले मूर्तरूप पाएको हो । उक्त परीक्षारूपी फेसन शोमा फेसन अध्यापकत्रय राजेन्द्र सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, साखः ग्रुपका अध्यक्ष किरण साखः, प्रथम मिस नेपाल रुवि राणा, राष्ट्रिय सीप परीक्षण समितिका कार्यकारी निर्देशक डा.कुलबहादुर बस्नेत, फेसन डिजाइनर रमिला नेमकुल तथा अभिनेता एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *