मिस नेपालका अन्तिम २४ प्रतियोगीको घोषणा

Read Time = 3 mins

काठमाडौं । मिस नेपालको २९औँ संस्करणका लागि अन्तिम २४ प्रतिस्पर्धीको नाम घोषणा गरिएको छ । मिस नेपाल-२०२३ का अन्तिम २४ प्रतियोगीको नाम घोषणा गर्दै आयोजक ‘दी हिडन ट्रेजर’ले प्रतियोगिताका ‘स्यास सेरेमोनी’ प्रतिस्पर्धीलाई ब्याच अंकसमेत प्रदान गरेको छ । हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले प्रतियोगीलाई ब्याच अंक प्रदान गर्नुभयो । सो क्रममा प्रतिस्पर्धी सुन्दरीले आफ्नो परिचय दिनुका साथै रुचिका बारेमा जानकारी दिएका थिए । गत माघ १९ देखि चैत १ गतेसम्म खोलिएको आवेदनमा देशभरिबाट दुई सयभन्दा बढीले प्रतिस्पर्धाका लागि आवेदन दिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

आवेदन अनलाइनबाट पनि भर्न सकिने व्यवस्था मिलाइएको थियो । प्रतियोगिता सातै प्रदेशबाट सञ्चालन गरेर अडिसनमार्फत् छनोट गरिएको दी हिडन ट्रेजरले जनाएको छ । यस पटक प्रतियोगितामा विमान चालक, व्यवसायी, चिकित्सक, विद्यार्थी पृष्ठभूमिका सुन्दरीलाई पनि देख्न पाइनेछ ।

ADVERTISEMENT

प्रतियोगितामा कोरियोग्राफर रचना गुरुङ शर्माले प्रतियोगीलाई तालिम दिइरहनुभएको छ । जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने अन्तिम प्रतिस्पर्धामा विजयी हुनेले नेपालका तर्फबाट मिस वल्र्डमा प्रतिनिधित्व गर्न पाउनेछन् ।

यसैगरी उपविजेताले मिस इन्टरनेसनलमा भाग लिन पाउनेछन् । अन्तिम २४ मा राइना मजगैँया, स्मारिका कार्की, प्रज्ञा बज्राचार्य, आयुषा महर्जन, सुधा देवकोटा, प्रसिद्धि शाह, सृष्टि हाडा, सदीक्षा थापा, वर्षा गौतम, उन्नति गुरुङ, कविना श्रेष्ठ, आयुष्मा बराल, रजनी मिश्र, होलिस्का कोइराला, स्विन्जा सुनाम, श्रीच्छा प्रधान, ग्रिष्मा अधिकारी, अपेक्षा खतिवडा, कीर्तिका बस्नेत, ऐश्वर्य श्रेष्ठ, छिरिङ डोल्मा पाख्रिन, सुहानी खड्का क्षेत्री, प्रीतिका खड्का र कीर्ति बर्तौला रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *