भोजपुर गोल्डकप : दुई गोलसहित क्यामरुनले हात पार्‍याे उपाधि

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्लाकै प्रतिष्ठित छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत बिहिवार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा घरेलु भोजपुरको टिमलाई पराजित गर्दे गोल्डकपको उपाधि एभिनिएर फुटवल क्लव क्यामरुनले जितेको छ ।

खेलको निर्धारित समयमा क्यामरुनका तर्फबाट एक गोल भएको थियो भने अन्तिम समयमा थप गरिएको अतिरिक्त पाँच मिनेटको समयमा फेरी अर्को गोल थप्दै क्यामरुनले घरेलु टिम भोजपुर जिल्ला फुटवल संघलाई दुई गोलले पराजित गर्दे गोल्डकपको उपाधी हात पारेको हो ।

क्यामरुनका तर्फबाट जर्सी नम्वर १६ का नगुइनीले खेलको ४२ औ मिनेटमा एक गोल गरे भने अर्का जर्सी नम्वर १० का खेलाडी टिम्बाले थप समयको ८३ औ मिनेटमा एक गोल गरेक थिए । फाइनल खेलकोे म्यान अफ द म्याच भोजपुरका खेलाडी धिरज मगर भएका छन् ।

ADVERTISEMENT

यस्तै खेलको क्यक्तिगत बिद्यातर्फ उदयमान खेलाडीमा भोजपुरका बिनुप राई, उत्कृष्ठ गोलरक्षकमा क्यामरुनका एलिन, उत्कृष्ठ रक्षकमा क्यामरुरनका एनसनगोउ, उत्कृष्ठ मिडफिल्डर क्यामरुनका नगुइनी, सर्वाधिक गोलकर्ता भोजपुरका सन्तोष तामाङ र क्यामरुनका टिम्बा भएका छन भने सर्वोत्कृष्ठ खेलाडी भोजपुरका बिजय भुजेल भएको आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिए ।

खेलका बिजेता, उपबिजेता तथा उत्कृष्ठ खेलाडीहरुलाई भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आले लगायतले पुरस्कार प्रदान गरे । चैत्र १० बाट सुरु प्रतियोगिताका खेल फाइनलसँगै समापन भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *