स्वावलम्बन र एनसिएचएलबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले नेपाल क्लियरिङ हाउस (एनसिएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी व्यवस्था लागू गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा स्वावलम्बन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह विष्ट र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै स्वावलम्बन लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेसनल पेमेन्ट इन्टरफेस एनपिआईसँग जोडी नेसनल पेमेन्ट स्विच एनपिएसअन्तर्गतका विभिन्न भुक्तानी उपकरण प्रयोग गर्न सक्नेछ ।

यसअन्तर्गत स्वावलम्बन लघुवित्तले एनसिएचएल आइपिएस र आरपिएस कनेक्ट आइपिएस प्रणालीमार्फत् आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलनलगायतका विभिन्न संकलनका कारोबार तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषलगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबार आफ्ना तथा लाभग्राहीका बैंक खाताबीच सोझै गर्न सक्नेछ ।

ADVERTISEMENT

स्वावलम्बन लघुवित्तले नेपालका ६१ जिल्लामा १५५ शाखामार्फत् दुई लाख ६५ हजार घरधुरीलाई बचत तथा ऋण, माइक्रो बीमाका सेवालगायतका विभिन्न लघुवित्तसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?