काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढीपहिरोबाट बढी क्षति भएका स्थानीय पालिकाहरुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले पाँचथर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, रामेछाप, ओखलढुंगा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, लगायतका बाढीपहिरोबाट बढी प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकमा हालै भएको भारी बर्षा र त्यसले पुर्याएको क्षतिबारे समीक्षा गर्दै राजमार्गमा देखिएका समस्या समाधानका लागि छलफल भएको थियो ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले कार्यकारी समितिको सिफारिसअनुसार प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नेछ ।
बाढी पहिरोबाट अहिलेसम २३९ जनाले ज्यान गुमाएका छन् भने १८ जना बेपत्ता रहेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts