रमेश र अञ्जुको स्वरमा ‘सातै सुरमा’

Read Time = 1 min

काठमाडौं । अञ्जु पन्त र रमेश पाठकको स्वरमा रहेको आधुनिक गीत ‘सातै सुरमा’ सार्वजनिक भएको छ । लोक राईको शब्दरचना, हरि लम्सालको संगीत, गोपाल रसाइलीको संगीत संयोजन र श्यामश्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडिओ गायक पाठककै अफिसियल युट्युब च्यानल रमेश पाठकमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीत प्रेमी जोडीको एक अर्काप्रतिको प्रेम समर्पण भावमा रहेको छ । कुलेखानी र वरपरका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा गायक रमेश पाठककै निर्देशन र कृष्ण रसालको कोरियोग्राफी छ ।

ADVERTISEMENT

जसमा साजन नेपाल र एलिना गुरुङलाई प्रेमी जोडीका रूपमा फिचरिङ गरिएको छ । योगेश दाहालको सिनेम्याटोग्राफी र दिनशन शाहको दृश्य तथा कलर सम्पादन भिडियोमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *