✍️ कृष्णहरि बास्कोटा
एउटा तालिम कार्यक्रममा हाम्रो भेट भयो । म प्रशिक्षक, उनी प्रशिक्षार्थी । मेरो प्रशिक्षणले प्रभावित भइछन् । बोल्न अघि सरिन् । एउटा फोटो खिच्ने अभिलाषा प्रकट गरिन् । मैले स्वीकृति दिए । तत्कालै ‘तुइन जिन्दगी’ शीर्षकको कृति मलाई हस्तान्तरण गरिएको फोटो खिचियो । उनी, सो किताबको लेखिका डा.रेणुका सोलु रहिछन् । साविककी राधा बस्नेत, रेणुका बस्नेत हुँदै डा.रेणुका बस्नेत थापामा रूपान्तरित भएको आभाष पाए । जसरी, रेणुकको नाममा परिवर्तन आयो, त्यही रफ्तारमा उनको जीनवको व्यावसायिक तरक्की हुँदै गएको चाल पाएर औधि खुशी भए ।
लेखिकाको दाबी अनुसार यस पुस्तकका १८ वटा निबन्ध समेटिएका छन् । तर, मेरा लागि यी निबन्ध नभएर समाज परिवर्तनका लागि सशक्त ढंगले आवाज बुलन्द गर्ने एक सफल संघर्षशील नारीकोे सजीव आत्मकथा महसुस भए । किताब एकैसासमा आधोपान्त पढेपछि औलाहरू ल्यापटपका किवार्डमा समीक्षाका लागि सल्बलाउन थाले । १६ वर्षकी सोलुको अनकण्टार सोताङकी राधा उर्फ रेणुकाले अकस्मात् घरबाट भाग्ने योजना बनाइन् । पटक–पटक एसएलसी परीक्षा अनुत्र्तीण भएपछि विवाहलाई छल्न पनि भाग्नुको उनीसँग विकल्प थिएन । उनी करिब पाँच दिनको यात्रा तय गरी झापामा रहेकी दिदी कहाँ पुगिन् । कस्सिएर परीक्षाको तयारी गरिन् । साथै, साइडजबको रूपमा काँकडभिट्टाको सिमानामा कपडा ओसार पसारको काम पनि गरिन् । यसको आर्जनबाट लाहुरेको सामाजिक पहिचानसहित घर फर्र्किइन् । अनि एसएलसी पास पनि गरिन् । बुबाले खुसियालीमा खसी काटेपछि उत्साही भएर उच्च शिक्षा अध्ययन गर्न काठमाडौं हिँडिन् । यसरी संर्घषशील रेणुकाको सार्वजनिक जीवनयात्रा आरम्भ हुन्छ ।
रेणुकाले नारी-पुरुषबीचको सम्बन्धको सौन्दर्य र शंकाको आगोले शिक्षित व्यक्तिहरूको जीवन पनि उजाड बनाएका घटनालाई नजिकबाट नियालेकी छिन् । रेणुकाले छिटपुट घटनाबाहेक महिला भएर घरपरिवार, समाज र कार्यालयमा प्रत्यक्ष पीडा भाग्नु परेन । तथापि, तमाम महिलाले भोग्नु परेको समस्याका विरुद्ध उनी अभियन्ता भएर उभिएकी छिन् ।
काठमाडौंमा पढ्दै र ट्राभल एजेन्सीमा जागिर खाँदै गर्दा उनको असामान्य पेटले पीडा दिन्छ । डा.इन्दिरा सत्यालले छोरीको व्यवहार गरी निःशुल्क रूपमा सिस्ट फालिदिएपछि उनले पुर्नजीवन पाउँछिन् । असामान्य रूपमा बढेको उनको पेटमाथि समाजले अनेक कोणबाट गरेको टिप्पणीलाई पुस्तकमा सजीव शब्दमा उतारेकी छिन् ।
काठमाडौं पद्यकन्या कलेजमा अध्ययनरत रहँदा बुबा बिरामी भएको खबर पाएर घरतिर दौडिछिन् । जिरी हुँदै सोलुखुम्बुतर्फ हान्निएकी रेणुका लामाजुराको जंगलमा कठांग्रिएको मौसम र हिउँसँगै एउटा विदेशी पर्यटकसँग भेट हुन पुग्छिन् । खोला र पखेरामा बगेको पानी पिउँदै चार-पाँच दिनको यात्रा एक्लै पूरा गरी बुबालाई तुलसीको मठनिर भेट्टाउँछिन् । काठमाडौं ल्याएर ६ महिना वीर अस्पतालमा भर्ना गरी सञ्चो तुल्याउँछिन् । यस अवधिमा आफू पनि बेहोस् भएर अस्पतालको बेडमा पुग्छिन् । बुबाको रगत शौचालयमा फालेको भनेर गाली गर्ने मानवता हराएकी घरपट्टिदेखि बुबालाई बचाउन आफ्नै रगत दिने दानवीरसम्मलाई काठमाडौं शहरमा भेट्टाउँछिन् । यी कुराको रोमाञ्चकारी वर्णनले किताबका हरेक शब्द र वाक्यले पाठकलाई सिरिंग बनाउँछन् । रेणुका यस पुस्तककी नायिका पात्र हुन् ।
सार्वजनिक बसमा दुव्र्यवहार गर्ने पुरुषलाई हात छोड्नेदेखि महिलालाई हिन भावनाले व्यवहार गर्नेका विरुद्ध लेखिका पुस्तकका वाक्य-वाक्यमा जाइलागेकी छिन् । साथै, महिलाहरू पनि किन थिचोमिचोमै रमाएका होलान् भनी मनभित्र प्रश्न गर्छिन् । यथार्थमा, महिला प्रकृति हुन् । यिनले आमाको जिम्मेवारी बहन गर्दा नै संसारको रीति चलेको छ । यत्ति कुरा पनि नबुझेर महिलालाई प्रजनन्को अवस्थामा पनि बिदा नदिने, जागिर खोस्नेहरूसँग लेखिका भिड्छिन् । समाजमा जरा गाडेर बसेको पुरातनवादी सोचको विरुद्ध लेखिकाले जागरणको अभियान छेडेकी छिन् । पुस्तकमा रेणुका महिलाविरुद्धका हिंसामा बहादुर सिपाई भएर उभिएकी छिन् ।
छोरी हुनुमा सबैले गर्व गर्नुपर्छ । यसको अभियन्ता भएकी छिन्, रेणुका । उनले आफ्नो बुबाको मन जितेकी थिइन् । सबै हिसाब–किताब राख्थिन् । आमा, बुबा र भाइबहिनीका लागि अभिभावक थिइन् । बुबाको मृत्यु भएपछि दागबत्ती दिइन् । यिनले छोरा र छोरी समान हुन् भन्ने कुरा व्यवहारले नै चरितार्थ गरिन् । यिनलाई सगरमाथाको चुचुरोमा पुगेर म छोरी हुँ भनी चिच्याउन मन छ । वर्तमान पुस्ताका छोरीहरूले छोरी हुनुको गर्व गर्न सक्नुपर्छ भन्ने यिनका भावनाका शब्दहरू पुस्तकमा निकै सक्रियताका साथ प्रस्तुत भएका छन् । यी इमानदार र स्वभामानी लेखिकाप्रति साधुवाद छ ।
रेणुकाकी बुहारी यिनको घरमा छोरी झै छिन् । यिनले आफ्नो सासुबाट पनि आमाकै माया पाएकी छिन् ।
महिलाहरूको प्रजनन् क्रियाशीलता अवरुद्ध हुने रजोनिबृत्ति (मेनोपाउज) को उपचार गर्ने सन्दर्भमा यिनले आफ्नो कलमलाई भिन्नढंगले चलाएकी छिन् । यिनले महिला-पुरुषबीचको यौनचाहना र आपसी सम्बन्धलाई मिहिन रूपमा केलाएकी छिन् । बीपी कोइरालाका नारीपात्रमा नीतिचेतना विषयमा विद्यावारिधि गरेकी रेणुका बीपीका साहित्यबाट प्रभावित भएको बुझिन्छ । यसै सन्दर्भमा उनले श्रीमान् र श्रीमतीको इच्छाबेगर गरिने यौनसम्बन्धमा महसुस हुनेगरी सुधार ल्याउन समाजलाई सजग गराएकी छिन् । नेपालमा विद्यमान् वैवाहिक बलत्कारको अवस्था र नारीलाई केबल वस्तु ठान्नेहरूप्रति रेणुका कठोर रूपमा प्रस्तुत भएकी छिन् । आधुनिककालखण्डकी महिलाका पीडानाशक रेणुका साक्षात देवीको रूपमा प्रकट भएकी छिन् ।
छोरी हुनुमा सबैले गर्व गर्नुपर्छ । यसको अभियन्ता भएकी छिन्, रेणुका । उनले आफ्नो बुबाको मन जितेकी थिइन् । सबै हिसाब-किताब राख्थिन् । आमा, बुबा र भाइबहिनीका लागि अभिभावक थिइन् । बुबाको मृत्यु भएपछि दागबत्ती दिइन् । यिनले छोरा र छोरी समान हुन् भन्ने कुरा व्यवहारले नै चरितार्थ गरिन् ।
लेखिका डा.रेणु सोलु यर्थाथको धरातलमा नारी स्वतन्त्रका पक्षमा चट्टान झै उभिएकी छन् । उनका बुबाको उत्तराधिकारी भएर कर्तव्यपालन गरेकी छन् । आफ्नो श्रीमान्सँग साथ र सहयोग लिनु/दिनु गरेर सुखी जीवन बिताएकी छिन् । उनको छोराको व्यवहारका कारण आगामी जीवनको यात्रा सुखद् हुने ठानेकी छिन् । उनी लेख्छिन्, ‘महिलाका लागि उनका बुबा, श्रीमान् र छोरोमात्रैको सद्भावले त नारी सफल हुन्छिन् भने समज नै अनुकूल भइदिए कति मार्ग प्रशस्त हुन्थ्यो होला ? बास्तवमा, आमा, दिदी, श्रीमती, बहिनीरूपी नारीको सम्मान गर्न नसक्ने पुरुषप्रति रेणुका नारीवादी भएर उदाएकी छिन् । उनी सत्य छिन् ।
पुस्तकमा रेणुकाले आमाको मृत्युले पुर्याएको चोटलाई सविस्तार व्याख्या गरेकी छिन् । यिनको कलममा यत्ति तागत रहेछ कि, यस पंत्तिकारले पनि पुस्तक तुरुन्जेलमा आधा दर्जनपटक चश्मा खोलेर भिजेको आँखा पुच्छ्नु पर्यो । महिलाको पक्षमा बोलेको, दुःखीका खातिर लडेको, अन्यायमा न्याय खोजेको, पुरातनवादी सोचमा परिवर्तनको भावना व्यक्त गरेकोमा नारीवादीको ट्याक लागेकोमा रेणुका खुशी छिन् । यिनी महिला विकास र महिला सशक्तीकरणमा क्रियाशील पनि छिन् । यो पंत्तिकार पनि विगत् दुई दशकदेखि यसै क्षेत्रका क्रियाशील रहकाले रेणुकाप्रति यत्ति धेरै चासो र सम्मान उर्लिएको हो ।
रेणुकाले नारी-पुरुषबीचको सम्बन्धको सौन्दर्य र शंकाको आगोले शिक्षित व्यक्तिहरूको जीवन पनि उजाड बनाएका घटनालाई नजिकबाट नियालेकी छिन् । रेणुकाले छिटपुट घटनाबाहेक महिला भएर घरपरिवार, समाज र कार्यालयमा प्रत्यक्ष पीडा भाग्नु परेन । तथापि, तमाम महिलाले भोग्नुपरेको समस्याका विरुद्ध उनी अभियन्ता भएर उभ्भिएकी छन् ।
यसर्थ, डा.रेणुका सोलुको ‘तुइन जीन्दगी’ पुस्तक संग्रहणीय छ । महिलाको पक्षमा नीति निर्मातालाई पुस्तकले आइओपन गर्छ । घरपरिवारमा श्रीमान्-श्रीमती, छोरा-बुहारीको मायालाई कसरी व्यवस्थित गर्ने भन्ने सीप पुस्तकमा पस्किइएको छ । रेणुकाले समाज परिवर्तनका लागि पुस्तकमार्फत सञ्चालन गरेको अभियानमा मन, वचन र कर्मले सहभागी हुन सबै नरनारीलाई सार्वजनिक आवाहृन गर्दछु । (लेखक बास्कोटा नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ ।)

युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका