
भक्तपुर । पाँचौं संस्करणको फेशन डिजाइनरहरूको मेघा प्रतियोगिता ‘द नेशनल डिजाइनर रन वे २०२४’ को उपाधि प्राङ्देन हानी लिम्बुले चुम्नुभएको छ । भक्तपुरमा सम्पन्न भएको प्रतियोगितामा उहाँले उक्त उपाधि चुम्नुभएको हो । १४ जना फेशन डिजाइनरहरू प्रतिस्पर्धी रहेको प्रतियोगितामा सबी श्रेष्ठ ‘फष्ट रनर अप’ हुँदा ओमान कोमेन जुकान्द्री ‘सेकेण्ड रनर अप’ हुनुभयो । त्यस्तै सजिना मोनिकर ‘मष्ट पपुलर’ हुनुभयो । विजेताहरूलाई प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, निर्णायकहरू र आयोजक टोलीका सदस्यले ताज तथा विभिन्न पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगिता राज्य मिडिया नेटवर्कको आयोजना र एभेन्टोज नेपालको प्रस्तुतिमा भएको हो । राज्य मिडिया नेटवर्क र एभेन्टोज नेपालका सिईओ डेभिल सिंह राजपुतको अवधारणा र निर्देशन तथा राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाको अध्यक्षतामा भएको प्रतियोगितामा आइआइएफटी, एनसिएफटी र आइइसीका फेशन डिजाइनरहरूले सहभागिता जनाएका थिए ।
डिजाइनरले डिजाइन गरेका पहिरनलाई ३८ मोडलहरूले ¥याम्पमा प्रस्तुत गरेका थिए । प्रतियोगितामा फेशन विज्ञहरू मनिषा डंगोल श्रेष्ठ, सविन ढुंगाना, ज्वालाराज पोखरेल, सूर्यदीप घतानी, निशा श्रेष्ठ र फेशन विज्ञसमेत रहनुभएकी नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शोभा श्रेष्ठ निर्णायक रहनुभएको थियो ।
फेशन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा भएको प्रतियोगितामा सञ्जीव कसजुले बजार व्यवस्थापन, परमानन्द चौधरीले इभेण्ट व्यवस्थापन र शैलेश नेपालीले इभेण्ट संयोजकको रूपमा काम गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच