काठमाडौं । माघ २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘ममी’ को ‘म त यसै नक्कली’ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौंमा सोमबार एक समारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । हर्क साउदको शब्द रहेको गीतमा समीक्षा अधिकारी र बिग्यानी पराजुलीको स्वर छ भने संगीत एसडी योगीको छ ।
हरर फ्यामिली ड्रामा यो चलचित्रमा प्रियंका कार्की, दीया मास्के तथा सुलक्षण भारतीको प्रमुख भूमिका छ । चलचित्रमा उहाँहरूका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायत कलाकारहरूको अभिनय छ । सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन छ ।

युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका