
धरान । स्वर्गीय लीला श्रेष्ठ सुब्बा स्मृति कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता धरानमा सम्पन्न भएको छ । यू-१२ ब्वाइजमा मेरिल्याण्ड बोर्डिङका सोहिल भुजेलले विष्णु मेमोरियलका कृतिक पौडेललाई सोझो तीन सेटमा पराजित गर्दै स्वर्णपदक जित्नुभयो । पब्लिक हाईस्कुलका कविसन र किराँतेश्वरका सनी भुजेलले कांस्य पदक हात पार्नुभयो ।
यू-१४ ब्वाइजमा मेघा हिमालय स्कुलका गौतम तामाङले फाइनलमा विष्णु मेमोरियलका रेहान कर्माचार्यलाई ११-५, ११-८, ११-७ र १०-१० ले पराजित गर्दै स्वर्णपदक कब्जा गर्नुभयो । यस स्पर्धामा युरेका आवासीय माविका दुई खेलाडी अभय शाक्य र सोनल ताम्राकारले कांस्य पदक प्राप्त गर्नुभयो । यू-१६ ब्वाइजको फाइनल पनि गौतम र रेहानबीच भएको थियो र यसमा पनि गौतमले बाजी मार्दै दोस्रो स्वर्ण हात पार्नुभयो ।
यू-१२ गल्र्समा युरेका आवासीय माविकी श्रेया सुवेदीले आफ्नै स्कुलकी चन्सया सुवेदीलाई ११-८, ९-११ र ११-७ ले पराजित गर्दै स्वर्णपदक हासिल गर्नुभयो । युरेकाकै अदित्मा मगर र समिट स्कुलकी अधिश्री दाहालले कांस्य हात पार्नुभयो ।
श्रेयाले यू-१४ गल्र्सको फाइनल पनि खेल्नुभयो । तर, उहाँलाई ११-३, ११-७ र ११-९ ले हराएर सुनाखरी स्कुलकी सुलेखा ठाकुरले स्वर्ण जित्नुभयो । युरेकाकी चन्सया र मेरिल्याण्ड स्कुलकी सरिना राई तेस्रो हुनुभयो । सुलेखाले यू–१६ गल्र्सको पनि उपाधि कब्जा गर्नुभयो । उहाँले फाइनलमा मेरिल्याण्डकी सरिनालाई ११-४, ११-७ र ११-७ ले पराजित गर्दै दोस्रो स्वर्ण जित्नुभएको हो । श्रेया र चन्सया तेस्रोमा रहनुभयोे । ६ स्पर्धा समावेश दुईदिने प्रतियोगितामा २० विद्यालयका १२० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच