
हेटौँडा । बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौंले जितेको छ । शनिबार भएको फाइनल खेलमा दोलखालाई पराजित गर्दै काठमाडौं प्रतियोगिताको च्याम्पियन बनेको हो । बागमती प्रदेश फुटबल संघ (एन्फा) को आयोजनामा भएको दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लबले दोलखाको टाइगर समूहलाई तीन-शून्य गोल अन्तरले पराजित गरेको थियो ।
हेटौँडा-५ स्थित पिप्ले-क्याम्पा रंगशालामा सम्पन्न फाइनल खेलमा काठमाडौंका लागि पहिलो हाफको २५औँ मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफको ७४औँ मिनेटमा बुढाथोकीले थप एक गोल गर्दै अग्रता दोब्बर बनाउनुभएको थियो ।
अन्तिम समयमा काठमाडौंका तर्फबाट आयुष कुँवरले गोल गर्दै टिमलाई तीन-शून्यको स्थितिमा पुर्याउनुभएको थियो । खेलको ‘म्यान अफ दी म्याच’ बुढाथोकी घोषित हुनुभयो । लिग विजेता काठमाडौंले दुई लाख नगद रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । साथै उपविजेता दोलखाले एक लाख नगद रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै काठमाडौंका बुढाथोकीले १५ हजार नगद रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो भने प्रतियोगिताअन्तर्गत हाई स्कोरको उपाधि पनि बुढाथोकीले नै जित्नुभयो । उत्कृष्ट गोल रक्षक काठमाडौंका चन्द्रशेखर श्रेष्ठ, उत्कृष्ट डिफेन्डर काठमाडौंका जनक कोइराला, उत्कृष्ट मिडफिडर काठमाडौंका विज्ञान खड्का, उत्कृष्ट फरवार्ड दोलखाका सुजन माझी र उत्कृष्ट कोच काठमाडौंका रूपेश क्षेत्रीले प्राप्त गर्नुभयो । उहाँहरूले जनही पाँच हजार रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा प्रदेशका १३ जिल्लामध्ये ११ जिल्लाको लिग विजेता फुटबल क्लबको सहभागिता थियो । रामेछाप र रसुवा भने एन्फामा आबद्ध नभएकाले लिगमा सहभागिता जनाएका थिएनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच