काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बिमा योजना ल्याएको छ । न्यूनतम बिमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त बिमा योजना सार्वजनिक गर्नुभएको हो ।
एक निश्चित अवधिका लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारका लागि आर्थिक सुरक्षा, सुनिश्चितता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बिमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बिमा हो । जसको न्यूनतम बिमांक रकम पाँच लाख रुपैयाँ र अधिकतम बिमांक रकम एक करोड रुपैयाँ रहेको छ । योजनामा सरिक हुन बिमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्ने कम्पनीले जनाएको छ ।
बिमा अवधि न्यूनतम एक वर्षदेखि अधिकतम ३५ वर्षसम्म हुनेछ भने बिमा समाप्तिमा बिमितको अधिकतम उमेर ६० वर्ष तोकिएको छ । यस योजनामा ऐच्छिक सुविधा पनि न्यूनतम पाँच वर्षदेखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिनेछ । योजनाअन्तर्गत बिमा अवधिभित्र जुनसुकै समयमा बिमितकोे मृत्यु भएमा बिमांक रकम भुक्तानी गरिनेछ र बिमालेख स्वतः अन्त्य हुनेछ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बिमा लिनु आवश्यक रहेको बताउनुभयो । कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले थोरै बिमाशुल्कमा धेरै जोखिम बहन हुने भन्दै बिमा योजना छुट्टै बिमालेखका रूपमा पनि लिनुका साथै अन्य छवटा योजनामा पूरक करार सुविधाका रूपमा पनि लिन सकिने बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा