अर्घाखाँची । प्रदेश सांसद रामजी प्रसाद घिमिरेले उत्कृष्ट कार्य गर्ने कृषक र समूहलाई आफ्नो तर्फबाट सधैं सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आयोजित "स्मार्ट कृषि गाउँ हस्तान्तरण तथा फलाेअप" कार्यक्रममा बोल्दै सांसद घिमिरेले कृषिमा लगनशीलता देखाउने व्यक्तिहरूलाई प्रोत्साहन र प्राथमिकता दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेको अध्यक्षता, स्मार्ट कार्यक्रम सचिव माया पन्थीको सञ्चालन र प्रेम भुसालको स्वागत मन्तव्यका साथ विभिन्न अतिथिहरूले आफ्नो धारणा राख्नुभयो ।
जिल्ला समन्वय समिति सभापति जीवनारायण कोइराला, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल र नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले शुभकामना मन्तव्य राख्दै कृषिमा यस्ता प्रकारका कार्यक्रमले किसानहरूको हौसला बढाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमले जिल्लामा स्मार्ट कृषि प्रविधिको उपयोग गरी कृषकहरूको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच