काठमाडौंं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत(नायब सिइओ) मा सुमन पोखरेल नियुक्त हुनुभएको छ । आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई नायब सिइओमा नियुक्त गरेको हो । पोखरेलसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।
वित्तीय संस्थाको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकका रूपमा स्थापित पोखरेल यसअघि आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भूमिकामा रही कार्यसम्पादन गरिसक्नुभएको छ ।
उहाँले नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रही उक्त कम्पनीलाई थप उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
नवनियुक्त नायब सिइओ पोखरेलले नेपालको सबैभन्दा ठूलो बैंकमा पुनः आबद्ध भई काम गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भूमिका रहने बताउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts