साहित्य नै जीवन हो, जीवन नै साहित्य हो । यस क्षेत्रमा निरन्तर लाग्नेका लागि यो सुखद् पक्ष पनि रहेछ । आलिसान महलका चोटाकोठा सजिऊन् वा चर्मचक्षुका नानीका निशानाले नभ्याउने जमिनका सीमा कागजमा हेरेर बसून् यिनमा सन्तुष्टि हुँदोरहेनछ । सङ्कीर्ण राज्यव्यवस्थाले निर्धारण गरेका पदीय दायित्वको सर्वोच्च शिखरारोहित भए पनि सन्तोषको सास फेर्न हरेक व्यक्तिले आफूलाई दिशान्तर गराई यसै द्यौरालीमा शीतलताको अनुभव गर्दा रहेछन् । यसका साक्षी धेरैमध्ये एक हुन् साहित्यकार विष्णुप्रसाद पन्त ।
रवीन्द्रनाथ टेगोर भनौँ वा जाँपाल सात्र्र, सिग्मण्ड फ्रायड भनौँ वा अरस्तु-प्लेटो वा सोक्रेट्स सबै आआफ्ना अलग क्षेत्रबाट शिखरारोहित व्यक्तित्वहरू हुन् । यिनमा सुकरात र प्लेटो साहित्तेतर विचारवाहक दार्शनिक भए पनि प्रकारान्तरले यस क्षेत्रका बहसमा नफसी सुख पाएका छैनन् । यो अचुकचुम्बकीय यस्तो शक्ति रहेछ जसका आकर्षणबाट अलग रहनेको नामोनिशान नभेटिने सत्य सामु छ । सीमित होस्, सानै होस् यस्तै अन्य क्षेत्रका शिखरबाट मानस सन्तुष्टिका लागि सामाजिक अस्तित्वको बिन्दु ग्रहणार्थ स्पेस प्राप्तिका लागि ओर्लेका व्यक्तित्वका रूपमा देखिन्छन् विष्णुप्रसाद पन्त ।
आरामदायी महलमा बसेर हिृवस्कीको चुस्की लिँदै विलासिताको जीवनपथ अपनाए पनि मजाले जीवन चल्ने व्यक्तिहरू आर्थिक सञ्चय नभएर उल्टो क्षय र विचलन हुने बाटोतिर उन्मुख हुनु भनेको नै मनोहारी शक्ति साहित्यमा हुनु हो, सन्तुष्टिको गर्भ हुनु हो, अस्तित्वको बोध हुनु हो ।
राजधानीको नजिक काभ्रेमा जन्मिएर पनि पारिवारिक फुट्बल खेलाइबाट झझण्डै समाप्त भएका पन्तको दुःखद् कहानीमा प्रतिशोधको ज्वाला दन्कियो दनक्क । इख मान्छेको अस्तित्व हो चेतन रूपमा रहे । इष्र्यामा रूपान्तरित भयो भने यो समाप्ति पनि हो । विष्णुले यसलाई संयम चेतनामा ग्रहण गर्दै प्रतिस्पर्धात्मक आर्थिक समृद्धिको शिखर चुमे । जता हे¥यो त्यतै सम्पन्नता, जता सोच्यो त्यतै धनैधन । अर्थशास्त्रका विद्यार्थी यसै पनि नापतौलको तुलो जोखाइ राम्ररी थाहा छ उनलाई । विषयान्तर विषयको अग्लो उचाइ भौतिक समुन्नतिको शिखर नेपालका सन्दर्भमा सामान्य मान्छेका लागि यसभन्दा अर्को हुन सक्दैन । तैपनि असन्तुष्ट रहेको मानसिकता एकाएक साहित्योद्यानमा हाम फाल्छ । भलै साहित्यिक विधिविधानको सैद्धान्तिक उचाइ चाहे जति हुर्कन सकेको नहोस् ।
एक बजार शास्त्रको कृति बिर्सिदिने हो भने पनि अन्य एघारवटा कृतिकै बाबु बनिसकेका छन् यिनी । यो सामाजिक अस्मिता खोजको दरो नमुना हो, उदाहरण हो । आरामदायी महलमा बसेर हिृवस्कीको चुस्की लिँदै विलासिताको जीवनपथ अपनाए पनि मजाले जीवन चल्ने व्यक्तिहरू आर्थिक सञ्चय नभएर उल्टो क्षय र विचलन हुने बाटोतिर उन्मुख हुनु भनेको नै मनोहारी शक्ति साहित्यमा हुनु हो, सन्तुष्टिको गर्भ हुनु हो, अस्तित्वको बोध हुनु हो । कविता/आख्यान दुवैमा कलम तिखारिसकेका विष्णुप्रसाद पन्त पारिवेशिक भाव र सरल भाषाका सर्जक हुन् । हाइकु, सुसेली हुँदै कवितासङ्ग्रहबाट खण्डकाव्यसम्मको पद्ययात्रा उनले गरिसकेका छन् ।
अन्तरमुखी मनोलोक कविता लेखनका निम्ति उर्वरस्थल हो । तर्कमा रमाउने दार्शनिक बन्लान्, मौनतामा विश्वास गर्ने कवि बन्छन् । मिलनसारितामा रमाउने ठूला प्रशासक बन्लान् । सही बाटोबाट चाचुमा आफूलाई सरिक राख्ने सम्पन्नताका शिखर चुम्छन् । कुनै न कुनै हिसाबले यी सबै गुण विष्णु पन्तमा विद्यमान भएकाले एक क्षेत्रको उचाइ त यिनले लिई नै सकेका छन् । साहित्यिक क्षेत्रका उचाइ आरोहण गर्ने क्रममा यिनको यात्रा उन्मुख छँदै छ । यो क्षेत्र त्यति सजिलो छैन नै । मनमा उठेका सीमित भावतरङ्गमै रमाउन त कुनै आइतबार पर्खनु पर्दैन तर सार्वजनिक रूपले यस क्षेत्रका भीडसँग मुकाबिला गर्दै आफ्नो कुर्सी सुरक्षित गर्न निकै सङ्घर्षरत रहनु अपरिहार्य हुन्छ नै ।
दृश्यका सीमा भत्काएर अदृश्य/अविदितको यस्तो यात्रा अनिवार्य हुन्छ जहाँ आफू होइन्न, आफ्नाहरू हुँदैनन्, छिमेक हुँदैन, टोल हुँदैन, गाडी हुँदैन, ड्राइभर हुन्न, सुधार गर्ने मस्को लाउने त कुरै पर रहृयो । त्यो निर्जन र अनकन्टार ठाउँमा बाँसुरीको धुनभित्र विराट संसारको अस्मिता उभ्याउनुपर्दछ । त्यहाँ कुनै रामरौस हुँदैन, गफको त कुरै छाडौँ । पास्नी छेवर हुँदैन, विहेवर्तमन हुँदैन, सङ्घसंस्था हुँदैनन्, अध्यक्ष/सदस्य कोही हुँदैनन् । एक्लो अनुहारमा, एक्लो प्रयासमा समग्र खिच्नुपर्छ, नदेखिने देख्नुपर्छ, नलेखिने लेख्नुपर्छ । यस कठोर यात्राबाट आत्मविश्वास आर्जित भएपछि आफू आफैँमा विराट् विश्व हुँको अनुभूतिले अनन्त हिँडाउँछ । यसको अन्त्य कहीँ हुँदैन । अनन्त हिँडिरहनु नै यसको अन्त्य हो तर अहंको आँखो उघ्रिनु हुँदैन ।
आफू भित्र/बाहिर दुवैतिर बादलबिनाको आकाश जस्तो, वर्षाविनाको झरी जस्तो, काकाकुलविनाको सागर जस्तो लेखन जाँगरको निरन्तर बहावमा उन्मत्त बैँस छचल्केपछि संसार एक र एक नै संसार बन्न पुग्छ । यस बिन्दुमा पुगेर फर्किनासाथ अतीतका लेखनहरू फिका हुन्छन्, विश्वासहरू अविश्वस्त बन्छन्, आस्थाहरू अन्धका आँखा आफैँलाई देख्न थाल्नु सच्चा साहित्यिक विकासको कसी हो । जुन बेलासम्म पुख्र्यौली परम्परामा विश्वास हुन्छ, आफूले हिजो लेखेर छापेकामा आफैँभित्र आहाको स्वर जन्मन्छ त्यस बेलासम्म हामीले सम्झनुपर्छ हाम्रो लेखन कतै हराउन खोज्दैछ, मनको बाटो भत्कन खोज्दैछ ।
विष्णुप्रसाद पन्तका अहिलेसम्मका चाहे संस्मरणात्मक क्षेत्रका हुन्, चाहे लघुदेखि मध्यम अर्थात खण्डकाव्यसम्मका रचना हुन् यिनले मात्र एउटा घेरो निर्माण गरेका छन् । व्यक्तिको घेरो, परिवारको घेरो, आफूले अनुभव गरेको सङ्घसंस्थाको घेरो, विदेश भ्रमणका क्रमबाट सिर्जित सिर्जनाले पनि घेरोमुक्त हुने अवसर उन्मुख छन्, भइसक्न बाँकी नै छ । अन्य सिर्जनाका घेराहरू देशका सीमासम्म परिभ्रमित छन् । नेताका कुराहरू छन्, अन्याय अत्याचारका आवाजहरू छन् । बेथितिका सन्दर्भहरू छन् । शोषक/शोषितका प्रशस्त सवाल छन् । गरिब/धनीका विधिव्यवहारहरू छन् ।
यी र यस्ता सन्दर्भ साहित्यमा हुन्छन् तर उचाइमा हुँदैनन् । राम बुद्धका पालामा पनि थिए यिनै गन्थन । एशु अल्लाहका समयसालमा पनि थिए । रहिरहन्छन् जबसम्म पृथ्वी रहन्छ । यी पनि खुला आवाजमा मुखरित छन् भन्ने कुराको अन्तरबोध आफैँमा हुनुपर्दछ अर्काले उपदेश छाँटी दिएका भरमा हुँदैन । सच्चा साहित्यिक उचाइमा देशभेष सबै शेष हुन्छन् । सीमाका अवशेष रहँदैनन् । सीमाभन्दा पर, त्यसभन्दा माथि साहित्य लेखनको बिन्दुले कुर्सी भेट्छ खोजे पनि, नखोजे पनि ऊ बस्न बाध्य हुनुपर्दछ ।
साहित्य सबै चिज हो । विषय हो । वस्तु हो तर सबैभन्दा यसको उच्च घर चाहिँ नवीनता हो । त्यो नयाँपन विषयमा हुनसक्छ । प्रस्तुतिमा हुनसक्छ । शैलीमा हुनसक्छ । यसका लागि व्यक्तिका भावको मनोदशा यतिमाथि उठेको हुनुपर्दछ जसको मनोनिर्णयले आँखासामु देखिने परिधिभन्दा पर पुग्ने प्रयास गरोस् ।
साहित्य सबै चिज हो । विषय हो । वस्तु हो तर सबैभन्दा यसको उच्च घर चाहिँ नवीनता हो । त्यो नयाँपन विषयमा हुनसक्छ । प्रस्तुतिमा हुनसक्छ । शैलीमा हुनसक्छ । यसका लागि व्यक्तिका भावको मनोदशा यतिमाथि उठेको हुनुपर्दछ जसको मनोनिर्णयले आँखासामु देखिने परिधिभन्दा पर पुग्ने प्रयास गरोस् । जीवन के हो ? जगत् के हो ? मेरो जन्म केका लागि भएको हो ? यता ओर्लेपछि संसारका लागि मैले गर्नैपर्ने कर्तव्य के हो ? यी प्रश्नमा गाढा गहिराइ छामेर उत्तर दिने क्षमता हुनुपर्यो रटानको होइन मौलिक तहको । अरूलाई होइन आफैँलाई । आफ्ना मनका एषणालाई । बगे्रल्ती एषणाका भारी बोकेर जन्मेको मान्छे त्यसै घेराका सप्काले चेतनाको घुप्टो छोपुञ्जेल नयाँको सम्भावना रहन्छ ?
हिउँ चिसो हुन्छ जम्मैले भनेका छन् । छामेका पनि छन् । आगो तातो हुन्छ बढी भए पोल्छ । को छ अनभिज्ञ यसमा ? म लेख्न सकूँ हिउँले पोल्छ । आगोले कठङ्ग्य्राउँछ । लेखेरमात्र हुन्न त्यसलाई हो कि हो कि झैँको छाप भावकभित्र पार्न सक्ने क्षमताको विकासमा मनोलोक पुगिसकेपछि सम्पूर्ण सांसारिक एषणाका जञ्जीर टुट्छन् । यो त भयो अकाट्य प्राकृतिक सत्यलाई पनि चुनौती दिने कुरा । निकै माथिको, निकै परको, निकै ठूलो बाहिरी विद्रोहले नै भरिनुपर्ने कुरा । के विष्णुप्रसाद पन्तको अन्तरमुखी प्रकृतिले यो कार्य सम्पादन गर्न सक्छ ? सकोस् मेरो आग्रह ।
यस बिन्दुमा पुगेपछिको मनोलोकभित्र न कूटनीतिक स्वभावको आवश्यकता पर्दछ न अन्तरमुखी स्वभावको । यसमा पुगेपछि कुनै पनि व्यक्तिमा अर्को मर्दा चुहुने आँसुका आँखा हुँदैनन् । गरिने किरियाका दिमाख हुँदैनन् । पसारिने लेघ्रोको स्वर हुँदैन । हुन्छ त उद्याम मानवताको त्यो माथिल्लो लोक जसमा सम्पूर्ण समान छन् । न प्राप्तिको उत्तेजनात्मक खुशी, न अभावको अन्तरपीडाको चित्कार । अब साहित्य लेखौँ । त्यहाँ न पिलन्धरे आँसुको बास हुन्छ, न हाँसोको अट्टहाँस । न धार्मिक कुनै महादेव महेशको स्तुति हुन्छ, न राजनीतिको कुनै उग्र नाराको प्रवेश ।
अहिले नेपाली साहित्यमा देखापरेको सीमा भनौँ वा खडेरी यही नै हो । विष्णुप्रसाद पन्त त अझ अर्कै भाषिक गणितको जोडघटाउबाट यस क्षेत्रमा हामफालेकाले निरन्तर सङ्कल्पित भएर कलमसँग जुधिरहेका छन्, जुध्नैपर्छ निकै हृदय फुकाएर । दिनरात अक्षरसँग कुस्ती खेल्नैपर्छ । गालीका विश्वासमा अघि बढेर तालीका मुस्कान बिर्सिनैपर्छ निश्चिन्त हुँदै ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच