
ललितपुर । आगामी माघ ११ गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । ललितपुरको पुल्चोकस्थित लबिम मलमा शुक्रबार एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । यसमा इन्दिरा जोशी र करण परियारको स्वर तथा करुण थापाको शब्द र संगीत छ । गीतकार थापाले २० वर्षपछि यही गीतमार्फत् पाश्र्व गीत लेखनमा कमब्याक गर्नुभएको हो । एकस्टिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतमा फणिन्द्र राई र प्रकाश मिश्रको एरेन्ज तथा दिल समर्पण र राजा बाबुको रेकर्डिङ छ ।
गीतमा चलचित्रका प्रमुख कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ फिचर्ड हुनुहुन्छ । नाजिरले परिकल्पना गरेको घर र परिवारबाट सुरुवात भएको गीतमा नाजिर र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ । गीतमा कोरियोग्राफर रामजी लामिछानेले सृष्टि र नाजिरलाई डान्सिङ शैलीमा प्रस्तुत गर्नुभएको छ ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै ब्यानरमा निर्माण भएको हो । चलचित्रमा ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उहाँले ‘हाम्रो मुमिन’ डकु-ड्रामाको पनि निर्देशन गर्नुभएको थियो । दीपेन्द्रकै निर्माण रहेको चलचित्रमा उहाँकै स्क्रिप्ट लेखन छ । चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिकामा हुनुहुन्छ ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको यो चलचित्रमा मनोहरदास मुल, अनिल राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
चलचित्रमा अमर महर्जनको डिओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी छ । ओएसआर डिजिटल पार्टनर रहेको यो चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच