काठमाडौं । कलाको कुनै सीमा हुँदैन । न त यसको रूप नै हुन्छ न त यसको कुनै रंगभेद नै हुन्छ, जसको मनमस्तिष्कबाट कलाको विस्फोटन हुन्छ यो कहिले कुनै रूपले विष्फोटन हुने गर्छ । जुन कला उसको अंग-अंगमा सलबलाइरहेको हुन्छ । साँच्चै भन्नुपर्दा ऊ कलाबिना बाँच्न सक्दैन । रंगमञ्च होस्, चाहे रिल होस् या सडक होस् उसको कला छरिएको हुन्छ । यहाँ त्यही त्यस्तो कलाकारका बारेमा चर्चा गर्न गइरहेका छौँ जसले दुई दशकभन्दा धेरै समय कलाकारितामा आफ्नो जीवन बिताइरहनुभएको छ ।
निकै भद्र र अनुशासितरूपमा चिनिने नम्र कलाकार शीतल केसी उहाँको नाम सुन्नेबित्तिकै ग्रामीण भूभागदेखि शहरसम्म नजान्ने कमै होलान् । जो बच्चादेखि वयस्क हुँदै बुढापाकासम्म उहाँलाई नजान्ने कमै हुन्छन् । किनकि टेलिभिजन, म्युजिक भिडियोदेखि चलचित्रको पर्दासम्म उहाँले आफ्नो कलाकारिताको कौशलता प्रस्तुत गर्नुभएको छ । उहाँले आफ्नो कलाका कारण दर्शकको मन जित्न सफल हुनुभएको छ ।
उहाँले वेव सिरिज, टेलिसिरियलका साथै म्युजिक भिडियो र चलचित्रका पर्दामा आफूलाई स्थापित गर्नुभएको छ । हरेक क्षेत्रमा उहाँले सफलता प्राप्त गर्नुभयो । सबै क्षेत्रमा काम गर्ने एकमात्र कलाकार भनेर चिनिनुभएका उहाँले आफ्नो धरातललाई छोड्नुभएको छैन । चलचित्रमा सक्रिय भइरहँदा समय मिल्दा हरेक क्षेत्रमा काम गर्दै आउनुभएको छ ।
हामीसँगको भेटमा पनि उहाँले ‘आफ्नो धरातललाई कहिल्यै पनि नबिर्सिने जसले गर्दा मलाई शीतल केसी भनेर नाम, दाम, माया दियो । म त्यो भुल्न सक्दैन र कलाको कुनै सीमा हुँदैन’ भन्नुभयो । अझ अहिलेको डिजिटल युगमा आएर परिवर्तन गर्ने बेला भएकाले पनि उहाँले वेव सिरिजहरूमा काम गरिरहेको सुनाउनुभयो । त्यसैले उहाँलाई हामीले कहिले फिल्म, म्युजिक भिडियो एवं वेव सिरिजहरूमा सक्रिय भइरहेको देख्न पाइरहेका छौँ ।

युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका