रुपन्देही । देशकै सर्वोत्कृष्ट सामुदायीकविद्यालयको रुपमा पहिचान स्थापना बनाएको बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविम फुड फेस्टिभल गरिएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो पाक कला प्रस्तुत गर्दै विभिन्न परिकार बनाएर अभिभावकहरुलाई खुवाएका हुन । बुटवल १० कालिकानगरमा सेक्टर १ र रामनगरमा रहेको सेक्टर २ मा एकै दिन अर्धबार्षिक परिक्षाको परिक्षाफल प्रकाशन संगै फुड फेस्टिभल आयोजना गरिएको संयोजक युवराज तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयबाट नै लगानी गरेर विद्यार्थीहरुको पाक कलालाई प्रस्तुत गर्ने गरी यो कार्यक्रम आयोजना गरिएको हो । विद्यालयमा आयोजना गरिएको फेष्टिभलमा सहभागी विद्यार्थीहरुले नतिजा लिन विद्यालयमा आएको अभिभावकहरुले आफ्ना विद्यार्थीले पकाएको परिकार चाख मानेर उपभोग गरेका थिए ।
विद्यालयले खानाका परिकारहरुको मेन्यु बनाएर विभिन्न स्टल निर्माण गरी विद्यार्थीहरुले परिकार बनाएका थिए । फ्रेन्च फ्राई, भेज पकौडा, चिकन रोष्ट, चिकन चिल्ली, मःम, खिर, अचार, प्याज पकौडा, हलुवा अचार, पनिर पकौडा, कफि, पर्पकन, सेलरोटी अचार, बटुक लगायतका परिकारहरु बनाएर प्रदर्शन तथा विक्रि गरेको खाना महोत्सव संयोजक युवराज तिवारीले बताउनु भयो ।
खाना महोत्सवमा कक्षा ११ को होटल म्यानेजमेन्ट अध्यायन गर्दै गरेका विद्यार्थीहरुले समेत आफ्नो सीप र कौसल प्रस्तुत गरेका थिए । कक्षा ७ देखि कक्षा ११ सम्मका विद्यार्थीहरुको सहभागीतामा खाना महोत्सव गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताउनु भयो । विद्यार्थीहरुमा रहेको पाक कला प्रर्दशन, सिकाई उपलब्धीको लागि यी र यस्ता प्रर्दशनी विद्यालयले आयोजना गर्दै आईरहेको विद्यालयका प्रधानाध्यापक थापाको भनाई छ । साथै बाल कक्षा देखि कक्षा १० सम्मको दोस्रो त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन समेत प्रकाशन गरिएको विद्यालयका परिक्षा संयोजक युवराज कडेलले बताउनु भयो ।
विद्यालयको सेक्टर २ रामनगरमा पनि नतिजा प्रकाशन सहित खाना महोत्सव भव्य रुपमा सम्पन्न गरिएको अतिरिक्त क्रियापकलाप संयोजक रेजिन केसीले बताउनु भयो। विद्यालयमा पुस्तक प्रर्दशन समेत राखीएको विद्यार्थीहरुले चाख दिएर विद्यालय कोर्ष र अतिरिक्त पुस्तक समेत किन्नुको साथै प्रदर्शनमा चाख दिएर सहभागीता जनाएको सेक्टर २ ईन्चार्ज कृष्ण गौतमलले बताउनु भयो । सेक्टर २ का विद्यार्थीहरुले खानाका थप परिकारमा भट्मास साँदेको, चुकौनी, आलु चना लगायतका परिकार बनाएका थिए । न्युनतम ३० रुपैया देखि अधिकतम १०० रुपैयाँको खानाको परिकार निर्माण गरेको विद्यालयका अतिरिक्त क्रियाकलपा संयोजक विवेकराज पोखरेलले बताउनु भयो ।
विद्यालयमा नेपाल नियमित रक्तदाता संघको संमन्वयमा वृहत रक्तदान समेत गरिएको थियो । जसमा विद्यार्थीहरुले उत्साहपूर्वक रक्तदान कार्यक्रममा सहभागी भएका थिए । उक्त बिद्यालयमा ८ हजार बढी बिद्यार्थीहरुले अध्यन गर्देआएको बिद्यालयले जनाएको छ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता