लुम्बिनीका सबै अस्पतालमा शुल्कसहितको नागरिक बडापत्र

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता

रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु प्रदेशको समग्र स्वास्थ्य सेवालाई सुधार गर्न योजनाबद्ध रूपमा अघि बढ्नुभएकाे छ । उहाँले स्वास्थ्य सेवालाई नागरिक माझ सहज रूपमा पुर्‍याउन, अस्पताल तथा स्वास्थ्य संस्थाको सेवालाई नागरिकमैत्री बनाउने गरी नीतिगत तथा प्रत्यक्ष अनुभव हुने गरी सुधारका काम गरेको पाइएको छ ।

प्रदेश भित्रका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूको सेवा र लाग्ने शुल्क सबैले थाहा पाउने गरी सार्वजनिक गर्न लगाउनु भएको छ । मन्त्रालयबाट पठाएको निर्देशनको पालना अस्पताल तथा स्वास्थ्य संस्थाले गर्न थालेको पाइएको हो । प्रदेश मातहतका सबै सरकारी अस्पतालहरूमा शुल्कसहितको नागरिक वडा पत्र राखिएको र निजी अस्पतालहरुले पनि मन्त्रालयको निर्देशन अनुसार शुल्कसहितको नागरिक वडा पत्र राख्न थालेका छन् ।

ADVERTISEMENT

अस्पताल तथा स्वास्थ्य संस्थाहरूले सेवाग्राहीले सहज रूपमा देख्न, पढ्न सक्नेगरी नागरिक बडापत्र टाँस गर्न थालेका छन् । ‘स्वास्थ्य संस्थाको टिकट काउन्टरदेखि ल्याब, एक्सरेलगायतका सेवा लिँदा शुल्क बुझाउनुपर्ने हुन्छ । प्रदेश स्वास्थ्य संस्था स्थापन, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ को दफा २४ मा स्वास्थ्य संस्थाले सेवा शुल्क सहितका नागरिक बडापत्र अनिवार्य रूपमा सार्वजनिक गर्नु पर्ने उल्लेख छ ।

अहिले त्यही व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले निर्देशन जारी गरेपछि कार्यान्वयन हुन थालेको हो । तहगत स्वास्थ्य संस्थामा उपलब्ध सेवा-सुविधाहरू तथा सेवा शुल्क अनिवार्य रूपमा आम जनताले देख्न सक्नेगरी सार्वजनिक स्थानमा राख्न तथा वेबसाइटमा प्रकाशित गर्नुपर्ने र उक्त कार्य सम्पन्न गरी मन्त्रालयमा स-प्रमाण पठाउन निर्देशन जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?