नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा लगानी कर्तालाई सचेतना कार्यक्रम सम्पन्न भएको छ । विश्व लगानी कर्ता सप्ताह २०२४ को अवसरमा नयाँ र सम्भावित लगानीकर्ताका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ।
सिद्धार्थ क्यापिटलको सहजीकरणमा आयोजित उक्त कार्यक्रममा शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरू, बजारको अवस्थाको विश्लेषण, र विभिन्न लगानीका अवसरहरूबारे जानकारी गराइएको थियो।
कार्यक्रमका प्रमुख सिद्धार्थ क्यापिटलका प्रमुख संचालन अधिकृत मुक्तिनाथ सुवेदीले नयाँ र सम्भावित लगानीकर्ताहरूलाई शेयर बजारमा कसरी लगानी गर्ने, प्राथमिक बजार तथा आइपीओ, एफपीओ, म्युचुअल फन्ड, र एसआइपीका बारेमा गहन जानकारी दिनु भयो । उहाँले नयाँ लगानीकर्ताहरू प्राय: लहैलहैमा बजारमा प्रवेश गर्ने र उचित जानकारी बिना नै लगानी गर्दा घाटा खाने गरेको बताउनुभयो। उहाँले सबैलाई शेयर बजारका आयामहरू राम्रोसँग बुझेर मात्र लगानी गर्न सुझाव दिनुभयो।
सिद्धार्थ क्यापिटलका बित्तीय र संचालक प्रमुख रुपेस राउतले शेयर बजारमा लगानी गर्दा बिबिधकरणलाइ ध्यान दिनु पर्ने बताउनु भयो । उहाँका अनुसार लगानीलाई विविधीकृत गर्न सकेमा जोखिम कम हुनसक्छ र स्थायीत्व प्राप्त गर्न सजिलो हुन्छ। राउतले लगानी गर्दा विभिन्न क्षेत्रको मूल्याङ्कन गरेर लगानी गर्नुपर्ने भनाइ राख्नु भयो ।
बर्दघाटमा लगानीका सम्भावनाहरू र सचेतनालाई अगाडि बढाउन ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ। सिद्धार्थ क्यापिटलको यो प्रयासले नयाँ तथा सम्भावित लगानीकर्ताहरूलाई वित्तीय साक्षरता अभिवृद्धिमा सकारात्मक प्रभाव पुर्याएको बाणिज्य संघ बर्दघाटका उपाध्यक्ष तारा प्रसाद गौतमले बताउनु भयो । गौतमका अनुसार, नयाँ लगानीकर्ताहरूले यस क्षेत्रमा ठूलो सम्भावना देख्न सक्छन् र यसले क्षेत्रीय आर्थिक प्रगतिको गतिमा सकारात्मक प्रभाव पार्न सक्ने छ।
सिद्धार्थ बैंकको बर्दघाट शाखा कमल पौडेलले शेयर बजारमा नयाँ र सम्भाबित लगानीकर्ताहरुलाई बैंकिङ्ग सेवाहरू बैंकहरुले प्रदान गरिरहेको बताउनु भयो । लगानीकर्ताहरूलाई डिम्याट खाता, मेरो शेयर, र आस्बालगायतका सेवाहरु प्रदान गरिएको पौडेलले उल्लेख गर्नु भयो । नयाँ लगानीकर्ताहरूलाई वित्तीय साक्षरता र सेवा सुविधामा पहुँच पुर्याउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा बर्दघाटका विभिन्न आमा समूह र विद्यार्थी गरी करिब १ सय २५ जनाको सहभागिता थियो। सहभागीहरूले कार्यक्रमबाट पाएको ज्ञानले भविष्यमा सोच-समझ गरी लगानी गर्न मद्दत पुग्ने प्रतिक्रिया दिएका छन्। कार्यक्रमका सहभागीहरूमा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेख्य उपस्थिति थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts