नवलपरासी । कृषि पेसालाई राज्यले उपेक्षित गर्दा किसानहरु पिडै पिडामा हुनु परेको किसानहरुले गुनासो गरेका छन् ।
बर्दघाट उद्योग बाणिज्य संघको आयोजना र बर्दघाट प्रेस क्लबको समन्वयमा आठौं बर्दघाट महोत्सवमा आयोजना गरिएको बर्दघाट नगर भित्रका कृषकका समस्या र चुनौति विषयक अन्तरक्रियामा बोल्दै उनीहरुले यस्ताे गुनासाे गरेका हुन् । उनीहरुले मल, दुधको पैसा नपाएको, गुणस्तरिय घास नपाएको गुनासो गरे ।
कृषि पेशाका समस्याहरु समाधानका लागि स्थानिय, प्रदेश र संघ सरकारले उपेक्षित गरेको उनीहरुले बताए ।
आचार्य पशुपंक्षी फर्मका सञ्चालक पदमपाणि आचार्यले दुधको विक्री पश्चात पनि रकम भुक्तानी नपाएको कारणले पशुपालनबाट किसानहरु पलाएन हुने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले स्थानिय सरकारले किसानलाई केन्द्रमा राखि नीति ल्याऊन नसकेको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो “ दुध उत्पादक किसानलाई दिँदै आएको अनुदान किन काटेको ? एउटा पशु पाल्ने र २० वटा पशु पाल्ने किसानलाई एउटै व्यवहार गर्ने र नगरले दुधको भुक्तानीमा कुनै पनि पहल किन नगरेको ?” उहाँकाे प्रश्न थियो ।
त्यस्तै सृजना कृषि फार्मका सञ्चालक कृष्ण प्रसाद चापागाई, सापकोटा कृषि एण्ड पशु फर्मका सञ्चालक झविन्द्र सापकोटा र नमूना एकीकृत कृषिफर्मका सञ्चालक नमुना घिमिरेले नगरले वितरण बर्शिम घाँसको विउ खराब परेकाले घाँस उत्पादन नहुँदा गाई भैसीलाई के खुवाउने हो भन्ने चिन्ताले सताएको बताउनु भयाे ।
हमाल पशुफर्मका सञ्चालक लक्ष्मण जंग हमाल, ढुङ्गाना फर्मका सञ्चाल खेम नारायण ढुङ्गाना र भट्टराई कृषि फर्मका सञ्चालक भवानी शंकर भट्टराईले कुनै पनि सरकार संग कृषकको प्रष्ट तथ्यांक नभएको गुनासो गर्नुभयो । स्थानीय प्रदेश र संघ सरकारले हचुवाको भरमा कार्यक्रम ल्याउने, अनुदानका सामाग्रिहरु वितरण गर्ने र त्यसको प्रतिफल नर्हेर्दा कृषि क्षेत्रमा गरिएको लगानी बालुवामा पानि सरह भएको धारणा राख्नुभयो ।
न्यौपाने कृर्षि फर्मका सञ्चालक तेजलाल न्यौपाने र कृषक सञ्जालका नगर अध्यक्ष देवि प्रसाद बस्यालले नगरले कृषकका समस्या सुन्ने तर समाधान तर्फ कहिल्यै ध्यान नदिने गरेको बताउनुभयो ।
दाऊन्ने मिश्रीत तरकारी बालीका अध्यक्ष सावित्री तिवारी, कृषक चन बहादुर गाहाले सरकारले किसानलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरिरहेको बताउनुभयो ।
नेपाल कांग्रेस बर्दघाट नगर सभापति दामोदर जिसि, नेकपा एमालेका नगर सचिवचोलाकान्त भट्टराई, राष्ट्रिय प्रजाटन्त पार्टीका अध्यक्ष प्रकाश रायमाझी लगायतले बोल्दै नगरले कृषि निति ल्याउनु पर्ने मा जोड दिनु भयो ।
कृषकहरुको वर्गीकरण, तथ्यांक संकलन र उत्पादनका आधारमा अनुदान र अनुदान दिएको सामाग्रीहरुको अनुगमनमा जोड दिनु भयो । नगरले पकेट क्षेत्र घोषणा मात्रै गर्ने तर बीउ बिजन, प्राविधिक सरसल्लाह र सहयोग नगर्ने गर्दा किसानहरु पिडामा परेको उहाँहरुको भनाइ छ ।
बर्दघाट नगरपालिका वडा नं ५ कि वडाअध्यक्ष विमला गुरुङ्ग, वडा नं ७ का वडाअध्यक्ष ध्रुव थारु, वडा नं ८का वडाअध्यक्ष कविराज आचार्य र नगरउपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले कृषि क्षेत्रका समस्या समाधानका लागि प्रयत्नशिल रहेको बताउनुभयो ।
बर्दघाट नगरपालिकाका निवर्तमान नगरप्रमुख धीरज शर्मा बस्यालले बर्दघाटमा बजारीकरणको समस्या रहेको बताउनुभयो । उहाँले कृषकद्वारा उत्पादित बस्तुहरुको संकलन केन्द्र स्थापन गरि पालिकाहरुको समन्वयमा बजारीकरण गर्न सकिने धारणा राख्नुभयो । कृषक सम्मान र कृषकको आयमा बृद्धि गराऊन सके कृषि पेशामा आर्कषण ल्याऊन सकिने बस्यालको भनाई छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता