काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ३४ वर्षीय प्रल्हाद खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको २०७९ चैत १९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ९ लाख १९ हजार ५ सय रूपैयाँ जरिवाना र ४८ हजार रूपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कपुरधाराबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएकाे छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा